Subscribe Us

वन सिध्याउँदै केएल दुगड ! एलपी ट्रकमा टिपरको इन्जीन

ललितपुर । कालोबजारीको अभियोग लागेका केएल दुगड समुहले राज्यको नियम कानुनलाई धोती लगाउँदै वनक्षेत्र संकटमा पार्नेगरी उत्खनन गर्दै आएको छ । नाकाबन्दीको मौका छोपी धारा तेललाई डबल मूल्यमा बिक्री गरी कालो बजारी गरेको दुगड समुहले नेपालको हरियो वन नै ध्वस्त बनाउन थालेको छ । 

अतालतमा मुद्दा खेपिरहेका सो समुहले अहिले ललितपुर नल्लु खोला स्थित चुनढुंगा निकाल्न वन अतिक्रमण गर्दै आएको हो । धादिङमा यूनाईटेड सिमेन्ट उत्पादन गर्न दुगडले ललितपुर स्थित नल्लुखोलाबाट चुनढुंगा ओसारीरहेको छ । केही व्यक्तिको जग्गा भाडामा लिएको तथा खरिद गरेको नाटक गर्दै चुनढुंगा उत्खनन् गर्दै आएको दुगडले प्रहरी प्रशासनको मिलोमतोमा सार्वजनिक जग्गा अतिक्रमण गरेको छ । 

दुगडको यूनाईटेड सिमेन्ट हेर्ने जिम्मा माधव तिमल्सिनाले लिएका छन् । उनै तिमल्सिना प्रशासनको सेटिङमा वन उत्खनन्मा लागेका छन् । उत्खनन् ढुंगा बोक्न प्रयोग गरिएका एलपी गाडी समेत चोरीको भएकोे भेटिएको थियो । एक बर्ष अगाडी ललितपुर प्रहरीले युनाइटेड सिमेन्टकोे ढुंगा बोक्दै गरेको चार वटा एलपी ट्रकलाई नियन्त्रणमा लिएको थियो ।

 सो ट्रकमा ट्रिपरको ईन्जीन प्रयोग गरी सञ्चालनमा ल्याईको थियो । चार वटा गाडीलाई नियन्त्रमा लिएपनि अन्य दर्जनौं गाडीलाई भने छुट दिएको थियो । उक्त सेटिङ समेत उनै तिमल्सिनाले मिलाएका थिए । एलपी ट्रकले पिच बाटोमा गुड्न सुबिधा पाउने र ट्रिपरको भन्दा बढी भार बोक्ने हुनाले पुराना ट्रकमा नयाँ ट्रिपरका ईन्जीन सेट गरी सञ्चालनमा ल्याएकोे थियो । स्रोतका अनुसार अहिले पनि यूनाईटेड सिमेन्टमा चुनढुंगा बोक्ने अधिकांश एलपि ट्रकमा ट्रिपरको ईन्जीन सेट गरीएको छ । तर प्रहरी भने सबैकुरा थाहा पाएपनि मुखदर्शक भएको अन्य ट्रक व्यवसायीको आरोप छ ।





Post a Comment

0 Comments