Subscribe Us

सरकार ढलेपछि आउने यीनको होस् ?

काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वमा सरकार गठन भएको चार महिना पुग्नै लागेको छ । सञ्चारमाध्यममा चुहिएको सुचनालाई आधार मान्ने हो भने यो सरकारको म्याद ९ महिना मात्रै हो । त्यसको आधारमा हिसाब गर्दा सरकारको म्याद ५ महिना बाँकी छ । 

सरकारको चार महिने अवधिमा प्रधानमन्त्री प्रचण्ड दौडिन खोजे जस्तो देखिन्छन् । सरकारका कतिपय मन्त्रीहरु प्रचण्डसँगै दौडिन खोजेपनि कतिपयको होस् खुलेको छैन । यतिसम्म कि प्रचण्डकै पार्टी माओवादीको कोटाबाट मन्त्री बनेकाहरु आफ्नै घरमा दलाली र खुराफाती गर्नेलाई सचिवालयमा राखेर बसेका छन् ।

सरकार गठनको चार महिनासम्म पनि होस्, नखुलेका मध्येका एक मन्त्री हुन्, हितराज पाण्डे । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको जिम्मेवारी पाएका पाण्डेले अहिलेसम्म न परिणाममुखी काम गरेका छन्, न गर्न खोजेका नै । स्थानीय तह पुर्नसंरचनाको प्रतिवेदन समेत समयमै नपठाएपछि आलोचित बनेका उनलाई स्थानीय विकास अधिकारीले समेत टेर्न छाडेको चर्चा सिंहदरबारभित्र चल्न थालेको छ ।


आफू किन असफल भइरहेको छ भन्ने पाण्डेलाई पत्तै छैन । स्रोतका अनुसार उनलाई आफ्नो सचिवालयममा कस्ता कस्ता मान्छे छन् भन्नेसम्म थाहा छैन । उनको सचिवालयमा भएका सदस्यहरु दिनदहाडै बार्गेनिङमा लागिरहेको आरोप छ । केही दिन अघि बालुवाटार पुगेर सरकारका मन्त्रीहरुको बिफ्रिङ गरेका प्रचण्डका एक विश्वासिलो पात्रले पाण्डेको सचिवालयमा भएकाहरु पत्रकारलाई बोलाएर समाचार लेखाउने र बार्गेनिङ बढाउने काममा लागि परेको सुनाए । 

मन्त्रालयका राम्रा र नराम्रा कामका बारेमा पत्रकारलाई समाचार लेखाउने र मन्त्रीलाई परिणाममुखी काममा लगाउनुको साटो पैसा कमाउने खेलमा पाण्डे सचिवालयका सदस्यहरु लागेकोे प्रचण्डले पनि सुनेका छन् । 
अर्का मन्त्री गौरीशंकर चौधरी पनि वार्गेनिङमा लागेका छन् । प्रधानमन्त्री प्रचण्डलाई पाण्डे र चौधरीबारे गरेको बिफ्रिङ फरक फरक रहेको बताइएको छ । पाण्डे सचिवालय सदस्यका कारण असफल बनिरहेका छन् भने चौधरी आफ्नै कारण ।

सरकारमा जानुअघि इमानदार र भलाद्मी मन्त्रीको छवि बनाएका चौधरी कृषि मन्त्रालयको जिम्मेवारीपछि पैसा कमाउने धन्दामा लागेको आरोप छ । बालुवाटारमा भएको एक बैठकमै चौधरीको कार्यशैलीप्रति प्रश्न उठेको थियो ।  

चौधरीलाई प्रचण्डले बोलाएर झपारेका पनि थिए । पाण्डेलाई भने अहिलेसम्म केही भनेका छैनन् । अब परिणाममुखी काम नदेखिए निलम्बन गर्नेसम्मको तयारीमा प्रचण्ड रहेको बुझिएको छ । 

सुरेन्द्र (राम) कार्कीले सुचना तथा सञ्चार मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् । उनको कामको खबर भने माओवादी पार्टीनिकटका पत्रकारले प्रचण्डलाई सूचना दिने काम गर्छन् । 

मन्त्रालय सम्हालेको ४ महिनासम्म कुनै नियुक्ति दिलाउन नसकेपछि कार्कीलाई हटाउन प्रचण्डमाथि तीव्र दबाब परेको बताइएको छ । यद्यपी प्रचण्डले कार्कीलाई हटाउनेबारे सोचेका छैनन् । स्रोतका अनुसार प्रचण्डले कार्कीलाई सरकारी सञ्चारमाध्यममा आफ्ना पत्रकारलाई के कसरी नियुक्ति गर्ने चाँडो गर्न निर्देशन दिएका छन् । त्यसै अनुरुप मन्त्री कार्की हाल आफ्ना पार्टी निकट पत्रकारलाई नियुक्ति दिलाउने गृहकार्यमा छन् ।

Post a Comment

0 Comments