Subscribe Us

होेटल अन्नपूर्णलाई राईको धम्की

काठमाडौं । ‘आफू पनि नगर्ने अरुले गरेको पनि देखी नसक्ने’ यो नेपाली उखान अहिले अन्न क्यासिनोका तत्कालिन सञ्चालकद्वय कल्पदिप राई र तप्तबहादुर बिष्टको नियतमा मेल खान पुगेको छ । 

मजदुर नेताबाट बिना लगानी क्यासिनोका मालिक बन्न पुगेका राई र बिष्टले अहिले राजनतिक आडमा गुण्डागर्दी शैलिमा अन्नपूर्ण होटलका मालिकलाई नै धम्क्याउन र तर्साउन थालेका छन् । 

घरभाडा, राजश्व र मजदुरको करोडौं रुपैंया पारिश्रमीकमा रजगज गर्दै राई र बिष्टले अहिले होटलका मालिक कपिल राणा र उनको श्रीमती श्रीजना राणालाई धम्क्याउन थालेका हुन् ।

 मजदुरको तलब र सञ्चालकद्वय बिष्ट र राईको आपसी विवादका कारण क्यासिनो  दुई बर्ष अगाडी बन्द भएको थियो । क्यासिनो बन्दको मौकामा होेटल मालिकले क्यासिनो भएको भवन भत्काई दिएका थिए । अहिले उक्त होेटलमा क्यासिनो छैन । करोडौं रुपैंया घर भाडा, राजश्व र मजदुरको तलब समेत चुक्ता नगरी फरार रहेका राई र बिष्ट पुनः सक्रिय भई होटल मालिकलाई ब्याकमेल गर्न थालेको स्रोत बताउँछ ।

होटल अन्नपूर्णमा पुनः नयाँ कम्पनीले क्यासिनो सञ्चालन गर्ने तयारी गर्न थालेपनि उनीहरुले ब्ल्याकमेल गर्न थालेका हुन् । होटल स्रोतका अनुसार माओवादी निकट मानिने राईले होटल सञ्चालिका सिर्जना राणालाई फोन गरेर अरुलाई क्यासिनो खोल्न दिए होटल नै तोडफोड गर्ने भन्दै धम्क्याउन थालेका छन् । उता बिष्टले भने करोडौ भाडा नतिरी क्यासिनोका सामान गुण्डागर्दी शैलीमा उठाउन थालेका छन् । स्रोतका अनुसार राई र बिष्ट पनि जानी दुस्मन नै हुन् । 

यासिनो सञ्चालन हुँदा राईलाई बिष्टले क्यासिनो प्रवेशमा समेत रोग लगाएका थिए । होटल अन्नमा भारतीय व्यापारी आषिश पटेलले क्यासिनो सञ्चालन गर्ने अन्तिम तयारी गरेका छन् । क्यासिनो ईम्पेरियल नाम राखेर पटेलले क्यासिनो सञ्चालन गर्न सम्बन्धित निकायबाट अनुमती समेत लिई सकेका छन् । अन्तिम अबस्थामा आएर केही रकम पाईने आशले बिशेष गरी राईले होटल सञ्चालक राणा द्वयलाई मानिसक तनाब दिन थालेका हुन् । तत्कालिन समयमा क्यासिनो सञ्चालकद्वय राई र बिष्टले होेटललाई घरभाडा बापत २५ करोड, राजश्व २० करोड र मजदुरलाई ८ करोड बराबर चुक्ता गर्न बाँकी छ ।  जनप्रहार साप्ताहिकबाट

Post a Comment

0 Comments