Subscribe Us

कस्तो छ दाउदको नेपाल कनेक्सन ?

undar world donको लागि तस्बिर परिणामकाठमाडौं । भारत, पाकिस्तान, श्रीलंका, मलेसीया, दुवई, कतार र साउदी अरबसम्म राम्रो नेटवर्क फैलाएका अन्डरवल्र्ड डन दाउद इब्राहिमको नेपाल कनेक्सन पनि बलियो रहेको छ । भारतीय गुप्तचर संस्था रिसर्च एन्ड एनालाइसीस वींग्स (रअ)ले दाउदको विश्वभरको नेटवर्क भत्काउनका लागि भारतीय प्रहरीको सहयोग गरिरहेपनि अहिलेसम्म सकेको छैन । 

आतंकवादी संगठनहरूसँग पनि राम्रो कनेक्सन बनाएका ६ दशकको उमेर नाघिसकेका दाउदको नेपाल कनेक्सन बलियो रहेको स्रोतको दाबी छ । 

दाउदसँग कनेक्सन रहेको भन्दै भारतीय संस्थापनले परिचालन गरेका केही समुहले नेपालका सञ्चार उद्यमी जमिम शाहको हत्या गरेको थियो । नेपालमा भारतीय जाली नोटको कारोबार दाउदको च्यानलबाट भएको भन्दै भारतीय सुरक्षा निकायले बारम्बार नेपाललाई सचेत गराउने गरेको छ । जाली नोटको कारोबारमा संलग्न रहेको अभियोगका अर्का सञ्चार उद्यमकी युनुस अन्सारी पटक–पटक पक्राउ परिसकेका छन् । उनीमाथि भारतीय आपराधिक गिरोहका मनमित सिंह भन्नेले केन्द्रिय जेलमा पनि आक्रमण प्रयास गरेका थिए । भारतीय संस्थापनले युनुसको कनेक्सन दाउदसँग रहेको दाबी गर्दै आएको छ। 

एकताका नेपालमा रहेका क्यासिनोमा दाउदको लगानी रहेको दाबी गरिएको थियो । तर, ति दाबीहरू प्रमाणित हुन नसकेपनि नेपालमा अहिले पनि दाउद इब्राहिमको च्यानल बलियो रहेको खुफिया संस्थाहरूको दाबी रहँदै आएको छ । दाउदलाई बस्न र संरक्षणमा पाकिस्तानले सहयोग गरेको अभियोग लगाउँदै आएको भारतले नेपालमा पनि उनको चलखेल बढेको आरोप लगाउँदै आएको छ । केही दिनअघिमात्र दाउदसँग कनेक्सन रहेको आशंकामा एक व्यक्तिमाथि छानविन र केरकार चलिरहेको छ । कल बाइपास गरेको अपराधमा पक्राउ परेका रविराज सिंहको कनेक्सन पनि दाउदसँग रहेको अभियोग लागेको छ । 

नक्कली भारुको कारोबारमा पटक–पटक मुछिएका रबिराज सिंहलाई सिआईबीले कलबाईपास गरेको आरोपमा पक्राउ गरेको थियो । सिंहलाई तिहारअघि नै नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान व्युरो सीआइबीले पक्राउ गरेको थियो । सिंहले श्रीलंकाली गिरोहको सहयोगमा कलबाईपास गर्दै आएको सिआईबीका्् अनुसन्धानबाट खुलासा भएकोे छ ।  नक्कली भारुको अभियोगमा जेल पुगेका सिंह जेलबाट रिहा भए लगत्तै कलवाइपासको धन्दामा सक्रिय भएको सिआईबीले जनाएको छ ।

सिहले नुवाकोटका कान्छा गुरुङको नाममा  अबैध कारोबार सुरु गरेको सिआइबीको दाबी छ । सिंहले गुरुङको नामबाट अनलाइन बिजनेस गर्ने भन्दै गत साउनमा कम्पनी रजिष्ट्रारको कार्यालयमा कम्पनी दर्ता गरेको खुलासा भएको छ । सिंहले गुरुङकै नाममा घरबहाल सम्झौता गर्दै पानीपोखरीमा कोठा भाडामा लिएर राखेको सिआईबीले जनाएको छ । 

सिंहले आफूले प्रयोग गर्ने मोबाइलको सिमकार्ड समेत गुरुङको नाममा लिएका थिए । सिंह बिषेश व्यूरोको सहयोगमा काठमाडौं प्रहरीले २०७० मा नक्कली भारुको कारोबारमा पक्राउ गरेको थियो । एक करोड नक्कली भारु सहित पाकिस्तानी नागरिक शेष मोहम्मद र उनका नेपाली सहयोगी नरुल्लाह पक्राउ परेपछि उनिहरूकै बयानको आधारमा सिंह प्रहरीको फन्दामा परेका थिए । नक्कली भारुका भरिया नरुल्लाहकै वयानको आधारमा सिंह, पक्राउ परेका थिए ।

Post a Comment

0 Comments