Subscribe Us

कोसँग चिढियो चीन ?

कोसँग चिढियो चीन ?को लागि तस्बिर परिणामकाठमाडौं । यता भारतका राष्ट्रपति प्रणव मुखर्जीको राजकीय भ्रमण नसकिँदै सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको दिल्लि दौडले नेपालमा नयाँ राजनीतिक समिकरण स्थापनाको कारक बनेको छ ।
भारतसँग विग्रिएको सम्बन्ध चीनलाई चिढ्याउँदामात्र राम्रो हुने ठानेका देउवाले तिव्वतका निर्वासित नेता दलाई लामाले सम्बोधन गर्ने गोवाको एक कार्यक्रममा आफ्नो सक्रियता देखाएपछि अहिले चीन चिढिएको छ ।

 जहाँ भारतको सत्तारुढ पार्टी भारतीय जनता पार्टीका अध्यक्षदेखि अन्य नेताको पनि सहभागीता रहेको थियो । अघिल्लो वर्ष भारतले गरेको चार महिना लामो नाकाबन्दिपछि बाक्लिएको उत्तरी छिमेकी चीनसँगको सम्बन्ध सत्ताधारी दलका नेताहरूका कारण धमिलो हुन थालेको हो । सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एक चीन नीतिको खिलाफलमा दलाई लामासँग कुम जोडेको चीनको ठम्याई छ । 

 चिनियाँ राष्ट्रपतिको भ्रमण पहिला गराउने प्रयत्न थालेको अघिल्लो सरकारको कामलाई स्थगन गरी भारतका राष्ट्रपतिलाई हतारमा स्वागत गरी चीनविरोधी अभियानलाई अहिलेको सरकारले प्रश्रय दिएको चिनियाँ अधिकारीहरूले बताएका छन् । चीन नेपालमा भारतको प्रभावको भन्दा पनि चीनको सुरक्षा र तिव्वत मुद्दामा नेपाल सरकारको एक चीन नीति चहान्छ । ‘स्वतन्त्र तिव्वतको माग गरेर चीनमा आन्दोलन चर्काउन पश्चिमाहरूको सहयोग लिइरहेका दलाई लामासँगको निकटता अहिलेको सत्तारुढ नेपाली कांग्रेसका सभापतिले देखाउनु दुखद हो, यसले उत्तरी छिमेकीलाई टाढा राख्ने र दक्षिणी छिमेकीले भनेको मान्ने देखाइरहेको छ’, उच्च स्रोतले भन्यो,‘यस्तो पक्षपाती व्यवाहारले जुनसुकै छिमेकी रिसाउनु स्वभाविक हुन्छ ।’

चीनसँग पारवाहनदेखि पेट्रोलियमसम्मको सम्झौताको कागज तयार पारेको अघिल्लो सरकार बहिर्गमन हुनासाथ त्रिपक्षीय सम्बन्धका नाममा अहिलेको सरकारले भारतसँगमात्र कुम जोडेका कारणले पनि चीनले नेपालसँग तिक्तता व्यक्त गरेको छ । चीन नेपालमा कम्युनिस्टहरूको बलियो गठबन्धन र स्थिर सरकार चहान्छ, जसले एक चीन नीतिलाई अबलम्बन गरी समान सम्बन्ध स्थापित गरोस् । तर, अहिलेको सरकार भारतको बलमा बनेका कारण भारतप्रति नै बढि उत्तरदायी भएको चीनले ठानेको अधिकारीहरूले बताएका छन् । बहुसंख्यक कम्युनिस्ट हुँदाहुँदै गठबन्धन तोडी चीन इतरको सरकार बनाई पश्चिमा र भारतीयहरूको प्रभावलाई बढाउन थालेको चिनियाँ आरोप छ । 

चीनको लान्जाउबाट सिगात्सेसम्मको चीन–नेपाल रेलरुट सुरु भएको र यसले समय र पैसाको बचतसँगै नेपालको भारतमाथिको एकतर्फी निर्भरतालाई समेत राहत दिएको चिनियाँ अधिकारीहरूले ठानेका थिए । २०२०सम्म नेपालको सीमासम्म रेलमार्ग पुग्ने अपेक्षा चीनले गरेको थियो । रेलसेवालाई नेपालको वीरगञ्ज हुँदै भारतको विहार रेल नेटवर्क जोड्ने र यसबाट नेपालको तराई क्षेत्रका नागरिकलाई प्रत्यक्ष लाभ हुने र भारतको विहार हुँदै कोलकत्तासँगको चीनको व्यापारमा पनि वृद्धि गराउने पक्षमा चीन उभिएको छ । त्यसका लागि नेपालमा चीन विरोधी गतिविधि राजनीतिक तबरबाट रोक्नका लागि स्थिर सरकारको अनिवार्यता उल्लेख गरिएको छ । 

तर, भारतसँग अति निकटता देखाएर चीनलाई टाढा बनाउने नेपाली राजनीतिको नयाँ स्वरुपका कारण चीनको विकासको लक्ष्यलाई प्रभावित पार्नसक्ने चिनियाँ अधिकारीहरूले बताउन थालेका छन् । ‘चीन नेपालसँग रेल रोडको कनेक्टिभीटी गर्न चहान्छ तर त्यसका लागि नेपाल सरकार सकारकात्मक भएर अघि बढ्नुपर्छ नकी चीनविरोधी गतिविधिमा आफ्नो सक्रियता’, चीनका एक अधिकारीले भनेका छन्,‘यस्तो भए विकासको तिव्र गतिमा दौडिरहेको चीनले आफ्नो सुरक्षाका लागि नेपालको नीतिलाई पनि संश्लेषण गरेर अघि बढ्नेछ ।’

सामान्यतया अन्य मुलुकको आन्तरिक विषयमा खासै चासो नराख्ने चिनियाँ पक्षले पछिल्लो समय नेपालको विकासमा महसुस हुनेगरी देखाइरहेको चासोपश्चात् भारत आतंकित बनिरहेको छ । भारतीय सञ्चारमाध्यमहरूले चिनियाँ पक्षले नेपालमा रेलरोड नेटवर्क विस्तार गर्नुका पछाडिका कारण उल्लेख गर्दै यो नेपालमा भारतीय प्रभाव कमजोर बनाउने चिनियाँ नीति भएको उल्लेख गरेका थिए । चीनले यसअघि पनि नेपालमा भारतीय प्रभाव कम गराउन विभिन्न योजनाहरू बीजारोपण गरेको भन्दै नेपालका तत्कालिन प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणपछि यस्ता योजनाहरूले औपचारिकता पाउन थालेको उल्लेख गरेका छन् । 

चीनबाट काठमाडौंका लागि सामान बोकेर हिँडेको रेलको तस्बिर र समाचार चिनियाँ सञ्चारमाध्यमबाट सार्वजनिक भएपछि त्यसको विरोधमा भारतीय सञ्चारमाध्यम, सत्तारुढ दलका सांसद् तथा भारतीय विज्ञहरूले समेत नेपालमा चीन हाबी भएको भन्दै त्यसको विरोध मात्र गरेनन्, नेपालमा भारतविरोधी अभियान कस्मिरमा जस्तै हुन थालेको भन्दै सीमा बन्द गर्नेसम्मका विषयहरू संसद्मा उठेका थिए । त्यसताका भारतले नेपालमा क्रुर नाकाबन्दि गरेको थियो । तर, ओली सरकार ढल्नासाथ भारतीयहरूले नेपालमा चीन विरोधी गतिविधिमा यहाँका राजनीतिक दल र तिनका नेतालाई उपयोग गर्न थालेको छ । जसका कारण चीन सत्तारुढ दलसँग चिढिन थालेको हो ।

Post a Comment

0 Comments