Subscribe Us

कार्कीका पक्षमा कसको जोडबल ?

Image result for lokman singh karkiकाठमाडौं । संसदमा महाअभियोग र सर्वोच्च अदालतमा समेत मुद्दा रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख लोकमानसिंह कार्कीको पक्षमा सडक तात्न थालेको छ । प्रायोजित रुपमा तताइको सडक उनीविरुद्ध ¥याली गर्नेहरुलाई काउन्टर दिनका लागि गरिएको हो । 

कार्कीलाई हिन्दुवादी र राजावादीहरुले सहयोग गरिरहेको स्रोतको दाबी छ । भ्रष्टाचारविरुद्ध उभिनुपर्ने र कार्कीको महाअभियोग र सर्वोच्च अदालतको मुद्दा फिर्ताको माग गर्दै ¥याली भएको थियो । ‘भ्रष्टाचारविरुद्धको अभियान चलाएका कारण भ्रष्टहरुले उहाँलाई हटाउने प्रयास गरेका हुन्’, माइतिघरमा उनको पक्षमा बोलिएका एकले भने,‘उहाँको मुद्दा फिर्ता हुनुपर्छ ।’

भारतीय हिन्दु गुरुहरुसँग सिधा सम्पर्क रहेका कार्कीलाई जोगाउनका लागि कालीबाबालगायतले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि कुरा गरिसकेका छन् । त्यहिकारण पनि कार्कीको महाअभियोग मुद्दालाई संसदले पछाडी धकेलीरहेको हो । अख्तियार प्रमुख आयुक्त कार्की विरुद्ध व्यवस्थापिका संसदमा महाअभियोग प्रस्ताव दर्ता भएको एक महिना पुग्नै लाग्दा राजधानीमा उनको समर्थनमा प्रर्दशन रहस्यमय रहेको अड्कल काटिएको छ । 

कार्कीको समर्थनमा जम्मा भएको समुहमा वृद्धवृदा देखि साना साना नानी बोकेका गृहणी महिला पनि देखिन्थे । ‘लोकमान जनता तिम्रो साथमा छन् भ्रष्टलालाई कारवाही गर्न खुट्टा नकमाउ’ लगायत पोस्टर बोकेका उनीहरुले माईतीघर देखि नयावानेश्वर सम्म र्याली गरेका थिए । कार्कीलाई जोगाउनका लागि यसरी जोडबल गर्ने व्यक्ति र निकाय खुलेर नआएपनि यसमा हिन्दुवादीहरुको हात रहेको बुझिएको छ ।

Post a Comment

0 Comments