Subscribe Us

यस कारण नवराज सिलवाल आईजीपीका हकदार हुन

राधाकृष्ण देउजा
कुनै चमत्कार भएर तिस वर्षे सेवा अवधिमा संशोधन भएनछ भने नेपाल प्रहरीले अवको तिन महिनामा नया नेतृत्व पाउने छ  । 

र अहिले रहेका आइजीपी र एआइजीपीहरुको तिस बर्षे सेवा अवधि एकै दिन पुग्ने हुँदा अहिले रहेका सिनियर डिआइजीपीहरुबाट सिधै आइजीपी हुने सम्भावनालाइ इन्कार गरिहाल्ने सम्भावना पनि छैन ।

 त्यसरी हेर्दा सिनियर डिआइजीहरु नवराज सिलवाल , प्रकाश अर्याल, बमबहादुर भण्डारी र जयबहादुर चन्द  आइजीपीका दावेदार हुन भन्ने पनि प्रष्टनै छ । यद्धपि दावी एउटा कुरा हो जो दावी गर्न योग्यता पुगेका जोसुकैले गर्न पाउछन तर दावी गर्नेहरु मध्येबाट साँचो अर्थमा को संग नेपाल प्रहरीलाइ नेतृत्व दिने क्षमता छ भन्ने कुराको निर्धारण निर्णय गर्नेहरुले गर्नुपर्छ । 

Image result for nawaraj silwalशान्ती सुरक्षा कायम गर्ने मूल जिम्मेवारी वहन गरिरहँदा नेपाल प्रहरीले अपराध अनुसन्धान , नियन्त्रण देखि मानवअधिकारको प्रवर्धन, कानुनको कार्यन्वयनमा सहयोग गर्ने लगायतका थुप्रै कामहरु गर्ने गर्छ ति थुप्रै कामहरु मध्येमा प्रहरी अधिकृतहरु बिभिन्न विधामा अब्बल हुने पनि गर्दछन तर प्रहरीले गर्ने केहि निश्चित काममा उत्कृष्टता हासिल गर्दैमा कोहि प्रहरी महानिरिक्षेक हुन योग्य भैहाल्छ भन्ने हुदैन , प्रहरी महानिरिक्षेक हुन पेशागत दक्षताहरु हुनका साथै निम्न कुराहरु अनिवार्य रुपमा चाहिन्छ ।

१ जस्तै चुनौतीपूर्ण अवस्थामा पनि आफ्नो मनोवल कायम राख्न सक्ने गुण किनकि यदी संगठन प्रमुखनै कमजोर हुने अवस्था आएमा संगठनका प्रत्यक सदस्यको मनोवल गिर्ने र संगठन गतिहीन हुने खतरा रहन्छ ।

२ आग्रह पूर्वाग्रह रहित सोच किनकि संगठनको एउटा निश्चित दर्जामा रहनु र संगठन प्रमुख हुनु भनेको फरक कुरा हो , संगठन प्रमुख भएपछी आफुसंगको निकटताको दुरीको आधारमा हैन संगठनमा निज प्रहरी कर्मचारी वा अधिकृतको आवश्यकताको आधारमा निजलाइ जिम्मेवारी कस्तो दिने , निजको वृति विकास कुन ढंगले गर्ने भन्ने तय गरिनु पर्दछ । जसरी एउटा परिवारको अभिभावकले आफ्ना सन्तानलाइ निस्पक्ष व्यवहार गर्छन त्यस्तै व्यवहार प्रहरी प्रमुखले आफ्ना मातहतका लाइ गर्न सक्नुपर्छ यदी त्यसो गरिएन भने संगठन तहसनहसनै त न होला तर सफल र सम्मानित हुन सक्दैन ।

३ प्रतिष्पर्धीलाइ दुश्मन हैन प्रतिष्पर्धी मात्रै देख्ने गुण हुनुपर्छ किनकि नेपाल प्रहरीको नेतृत्व छनोटमा देखिने प्रतिष्पर्धा पछि गएर दुश्मनीमा परिणत हुने अनि आइजीपी हुनेलाइ हुन् नसक्नेले सधैं असहयोग गर्ने अनि हुनेले पनि अलिक फराकिलो छाती राखेर विगतमा आफुसंग प्रतिष्पर्धा गर्नेसंग भएको योग्यता ,क्षमताको भरपुर उपयोग सहितको सहकार्यको कोशिस नगर्ने सधैं शंकाको दृष्टिले हर्ने प्रवृतिको मुल्य प्रहरी संगठनले धेरै चुकाइसकेको र चुकाइ रहेको छ अव त्यस्तो नहुने अवस्था बन्नुपर्छ ।

४ संगठनका सवै काम मैले जानेको छु भन्ने ठान्ने हैन संगठनमा को के विषयमा उत्कृष्ट छ भन्ने जान्ने अधिकृत संगठन प्रमुख हुनुपर्छ किनकि त्यसो हुँदा उचित व्यक्ति उपयुक्त जिम्मेवारीको नीति को सहि कार्यन्वयन हुने र परिणाममुखी प्रहरी संगठनको परिकल्पना साकार हुनसक्छ ।

५ राजनीतिक प्रशासनिक नेतृत्वको अनावश्यक, अनैतिक , अनुचित दवावको सामु घुंडा नटेक्ने स्वभाव हुनुपर्छ तर त्यसो भन्दैमा अराजकता देखाउंदै राज्यको शासन सत्ता सम्हालिरहेकाहरु प्रति अनादर गर्ने , उनीहरुको सार्वजनिक ढंगले मान मर्दन गर्ने खालको अराजकता मिश्रित पाखण्ड प्रदर्शन गर्नुपर्छ भन्ने पनि हैन । पदीय जिम्मेवारीको आधारमा पाउने सम्मान र अधिकारको कदर पनि गर्दै उनीहरुले दिएका आदेशहरु के कति कारणले अनुचित र अनुपयुक्त छन् भन्ने प्रष्ट पारेर उनीहरुलाइनै आफ्नो कुटिल खेलबाट पछाडी सर्न बाध्य पार्न सक्ने क्षमता चाहिन्छ , सायद यसलाइ कुटनीति सहितको अडान चाहिन्छ भन्दा उपयुक्त होला ।

६ आफु भन्दा अग्रजको अनादर हैन आदर गर्ने र उनीहरुले सेवामा रहंदा आफुलाइ कस्तो व्यवाहार गरे भन्ने आधारमा हैन उनीहरुले संगठनमा रहंदा सिकेको शिप र ज्ञानको कसरि देश , जनता , र संगठनको हितमा प्रयोग गर्न सकिन्छ भन्ने चिन्तनको आधारमा व्यवहार गर्ने संस्कार बोकेको हुनुपर्छ प्रहरी प्रमुख हुनेले ।


७  प्रहरी कर्मचारीले सरुवा , वढुवा अनि तालिमसम्मको निम्ती पनि राजनतिक नेताको घर धाउने अवस्था कुन बेला आउँछ , त्यो अवस्था तव आउँछ जव संगठन प्रमुखले योग्यता र आवश्यकताको विचमा तादम्यता गरेर अवसर र जिम्मेवारी दिने विषयलाइ व्यवहारिक रुपमा स्थापित गर्न सक्दैनन । त्यसैले अवको प्रहरी प्रमुख प्रहरीमा कोहि राजकुमार अनि कोहि टुहुरो हुने प्रवृति अन्त्य गर्ने दृढ संकल्प बोकेको अधिकृत हुनुपर्छ ।

८  उल्लेखित गुण बाहेक प्रहरी सेवा प्रवेश देखि आइजीपीको दावेदार हुँदासम्म गरेको सेवाको आधारमा जनताको सम्मान र समर्थन रहनु पनि प्रहरी प्रमुख हुन्छु भन्नेको निम्ती अत्यन्त महत्वपूर्ण हुन्छ किनकि अहिलेको जमाना भनेको काँधको फुलीले मात्रै सम्मान पाउने जमाना यो हैन ,कामले उत्कृष्ट हुँदा हुँदै पनि काँधको फुली दिनेले नदिएर पछाडी पारेकाहरु काँधमा फुली हुने भन्दा ज्यादा सम्मानित हुने र भएको सत्यतालाइ प्रहरी प्रमुख हुन्छु भन्ने सवैले स्मरण गर्नु बान्छनीय नै हुनेछ । प्रहरीमा बढुवाको समय भएपछि आफुले के न गरेको वा गर्न सक्ने भन्दै स्याल हुइयाँ मच्चाउने प्रवृति तल देखि माथीसम्म समय समयमा देखिएकै छ ।

 अहिले आइजीपीको दौड भैरहंदा पनि त्यो देखिएकै छ तर प्रहरी महानिरिकक्षक हुन कुनै निश्चित दर्जामा रहंदा गरेको मात्रै कामलाइ मुल्यांकनको आधार बनाउने नभै प्रत्यक प्रतिष्पर्धीको सेवा प्रवेश देखि हालसम्मको कामको मुल्यांकन हुनुपर्छ अनि स्वाभाविक छ प्रहरी प्रमुख हुन दावेदारी गर्ने तहमा पुगेको बेला गरिने नौटंकीलाइ विगतका कुकृत्यले मज्जैले जिस्काउनेनै छन ।

अव प्रश्न आउँछ उल्लेखित मध्यका अधिकांश गुण भएको को छ त अहिलेका प्रतिष्पर्धीहरु मध्ये थाहाछैन निर्णयकर्ताहरुले के देख्छन तर सर्वसाधारण जनताको नजरमा उल्लेखित मध्यका धेरै गुण अहिले केन्द्रिय अनुसन्धान व्युरो अर्थात सीआइवीको नेतृत्व गरेर एक पछी अर्को सफलता कमाइरहेका डिआइजी नवराज सिलवालसंग छ , र उनलाई जनताको शुभकामना पनि छ आइजीपी बनुन र सवैले अझै थप गौरब गर्न सक्ने खालको प्रहरी संगठनको सुनिश्चितता गरुन । 

अनि जनताको आशिर्वाद र समर्थन प्राप्त डिआइजी नवराज सिलवालले प्रतिष्पर्धा गर्नु र दुश्मनी गर्नु फरक हो भन्ने बुझेर आफ्ना प्रतिष्पर्धीहरुलाई पनि उनीहरुको योग्यता , क्षमता अनुसारको जिम्मेवारी दिने र व्यक्तिगत जिम्मेवारी सामुहिक नेतृत्व प्रणाली स्थापित गरुन भन्ने शुभकामना

Post a Comment

0 Comments