Subscribe Us

सुपर हिरो अवार्ड छनोटमा पुष्पा



काठमाडौं । अमेरिकी टेलिभिजन सीएनएनले ‘सीएनएन हिरो’ अवार्ड प्रदान गरेको १० वर्ष पुगेको अवसरमा 
पहिलो पटक प्रदान गर्न लागेको सुपर हिरो अवार्डको छनोटमा नेपालकी पुष्पा पनि परेकी छिन् ।

उक्त अवार्डमा यसअघि सीएनएन हिरो घोषित पाँच जना मनोनयनमा परेका हुन् । पुष्पा सन् २०१२ मा सिएनएन हिरो घोषित भएकी थिइन् । उनले काठमाडौंको बूढानीलकण्ठमा प्रारम्भिक बाल विकास केन्द्र संचालन गर्दै आएकी छिन् ।

सुपर हिरो छनोट भोटिङका आधरमा हुनेछ । यसपटक पनि सोसल मिडिया फेसबुक र ट्वीटरमार्फत भोटिङ गर्न सकिने सीएनएनले जनाएको छ ।

Post a Comment

0 Comments