Subscribe Us

महाशाखामा रिजाल र परिसरमा जोशी ल्याउने तयारी

काठमाडांै । लामो समय देखी रोकिएको प्रहरी बरिष्ठ उपरिक्षक (एसएसपी) हरुको सरुवा लिस्ट तयार भएको छ । राजनीतिक हस्तक्षेपले गर्दा एसएसपीहरुको सरुवा चार महिना देखी अलपत्र परेको थियो । समय अबधी पुगेपनि महानगरीय प्रहरी महाशाखा, काठमाडौ परिसर ललितपूर परिसर प्रमुख एसएसपी हरुको सरुवा हुन सकेको छैन । जसको एक मात्र कारण राजनीतिक हस्तक्षेप हो ।
 
राम्रा भन्दा हाम्रालाई सरुवा गर्नु पर्ने स्थिती आएपछि नेपाल प्रहरीका आईजीपी उर्पेन्दकान्त अर्यालले सरुवाको सिफारिस नगरी कानमा तेल हालेर बसेका थिए ।  तर अब काठमाडौं परिसरका एसएसपी बिक्रमसिंह थापा अबकासको मुखमा पुगेपछि एसएसपी सरुवाको सिफारिस गर्ने उनि बाध्य भएका हुन । थापाले ३० मंशिरबाट अबकास पाउँदै छन् । 
 
स्रोतका अनुसार अपराध महाशाखामा मेची अञ्चलमा कार्यारत एसएसपी केदार रिजाल र काठमाडौं परिसरमा धैलागिरी अञ्चल प्रमुख एसएसपी छबिलाल जोशीलाई ल्याउने तयारी भएको छ । उता ललितपूर परिसरमा भने एसएसपी दिनेश अमात्य  पठाउन आईजीपी र गृहमन्त्री दुबै सहमत भएको प्रधान कार्यालय स्रोतले बताएको छ । तिन महिना अगाडी नै आईजी अर्यालले महाशाखामा एसएसपी ठूले राई र परिसरमा धिरु बस्नेतलाई ल्याउने योजना बनाएका थिए । तर राजनीतिक हस्तछेप सँगै लोकमानसिंह कार्कीको दबाब बढेपछि चुप लागेर बसेका थिए । 
 
कार्कीले सिआईबीमा कार्यारत एसएसपी मनोज न्यौपानेलाई महाशाखामा पठाउन आईजी अर्याललाई दबाब दिएका थिए । तर आईजी अर्याल दबाबमा भन्दा पनि काम गर्ने सक्ने प्रहरी अधिकृतलाई महाशाखा र परिसरको जिम्मा दिन चाहान्थे । सोही कारण एसएसपीको सरुवा अडकिएको थियो । पहिला पनि काठमाडौ चलाई सकेका केदार रिजाल व्यसाहिक प्रहरी अधिकृतका रुपमा चिनिन्छन् । उनलाई महाशाखा हाँक्न कुनै पाहाड फोर्नु पदैन उनका समकक्षी बताउँछन् ।

 तर तिन महिना भित्र डिआईजी बन्ने लाईनमा रहेका एसएसपी जोशीलाई भने किन परिसरको जिम्मा दिन लागे भन्ने कुराले अहिले आईजीको नैतिकता माथी प्रश्न चिन्ह् खडा भएको छ । एसएसपी जोशी डिआईजीमा बढुवा हुने निश्चित भएको हुनाले उनलाई काठमाडौ परिसरको जिम्मा दिनु बेकार हुने अन्य प्रहरी अधिकृतको बुजाई छ । काठमाडौं परिसर जस्तो संबेदनशिल क्षेत्रमा प्रहरी प्रमुख फेरि रहदा सुरक्षा चुनैति बड्न सक्छ । सोही कारण परिसरमा भएसम्म बर्ष दिन चलाउन नपर्ने प्रहरी अधिकृत पठाउदा राम्रो हुने बुजाई परिसर भित्र बहशको बिषय बनेको छ । 

Post a Comment

0 Comments