
गत वर्षको जनवरीदेखि अक्टोबर अन्तिमसम्म चलेको सो तालिममा नेपालका तर्फबाट प्रहरी निरीक्षकहरू रघु विष्टसहित विकास बम, कमल बेल्वासे, यामकुमार श्रेष्ठ र चेतना पोखरेल सहभागी थिए । जसमध्ये विष्ट एक्लैले ६ वटा बाह्य प्रशिक्षण पदक हासिल गरेका हुन् । सो तालिममा नेपालका अतिरिक्त भारत, माल्दिभ्स, भुटानका प्रहरी अधिकृतहरू पनि सहभागी थिए ।
चार देशका १ सय २९ प्रशिक्षार्थीमध्ये विष्ट नै सर्वोत्कृष्ट प्रहरी घोषित भए । तालिममा सन् १९५४ देखि नै नेपाल सहभागी हुँदै आएको छ ।तर, यसप्रकारको अवार्ड भने यसपटक मात्रै प्राप्त भएको हो । ‘नेपालले पहिलोपटक यो उपाधि हासिल गरेको हो,’ विष्टको प्रतिभा प्रस्तुतीकरणको क्षमता असाधारण छ,’ प्रहरीको भरतपुर तालिम केन्द्रका प्रमुख प्रहरी नायबमहानिरीक्षक ९डीआईजी० रणबहादुर चन्दले भने । प्रहरीनिरीक्षक विष्ट हाल भरतपुर तालिम केन्द्रमा कार्यरत छन् ।
कञ्चनपुरको महेन्द्रनगर स्थायी घर भएका विष्ट २०७० सालमा १५८औं ब्याचीका रूपमा प्रहरी सेवामा प्रवेश गरेका थिए । उनी नेपालको तालिम सकिनासाथ इन्डियन पुलिस फोर्सको तालिममा परेका थिए । त्यहाँ उनले १० महिना तालिम लिँदा हप्ता, महिना हुने अभ्यासमा दर्जनौं गोल्डमेडल हासिल गरेका थिए । त्यसपछि पनि त्यो क्रम निरन्तर कायम रहँदा अन्तिम समयमा हुने प्रशिक्षण प्रतिभामा विष्टले सबैलाई पछि पार्दै बेस्ट अवार्ड जित्न सफल भएका हुन् । नेपाल प्रहरीकै तर्फबाट इतिहास रचेको भन्दै भरतपुर तालिम केन्द्रले पनि उनलाई विशेष सम्मान गरेको थियो ।
‘सो तालिम आफूलगायत नेपाल प्रहरीका तर्फबाट बेस्ट अवार्ड प्राप्त गरेकोमा गर्व लागेको छ,’ प्रहरी निरीक्षक विष्टले भने । उनका अनुसार तालिममा प्राप्त गरेको सीपलाई समायोजन गरेको र त्यो नै उत्कृष्ट बनेको हो । ‘नेपाल प्रहरीबाट निरन्तर तालिममा सहभागी हुँदा मैले मात्रै यो पदक पाए भन्ने होइन, प्रहरी संगठनकै सम्पत्ति हो,’ विष्टले भने । यसअघि सो तालिम हालका डीआईजीहरू नवराज सिलवाल, देवन्द्र सुवेदी, एसएसपीहरू सर्वेन्द्र खनाल, रमेश खरेल, राजेन्द्रमान श्रेष्ठले पनि लिएका थिए । राजधानी
0 Comments