Subscribe Us

कसरी ल्याए लामाले दर्जन चोकपोष्ट पार गरेर सात किलो सुन

http://mynewsnepal.com/wp-content/uploads/2016/12/sun-taskar.jpgकाठमाडौं । भूकम्प पश्चात सिन्धुपाल्चोकको तातोेपानी नाका बन्द भएपछि तस्करहरुले रसुवाको केरुङ नाकाबाट सुन तस्करी गर्न थालेको रहस्य खुलासा हुन थालेको छ । केरुङबाट तस्करी गर्दै काठमाडौं छिराएको सात किलो सुन बरामत भएपछि यो कुराको पुष्टि भएको हो । 

बिषेश सुचनाको आधारमा महाशाखााको टोलीले बुधवार साझ केरुङ नाकाबाट गल्छी हुँदै काठमाडौं ल्याइदै गरेको सात किलो अबैध सुनसहित सिन्धुपाल्चोक लिस्तीका कुन्साङ लामालाई पक्राउ गरेको थियो । 

लामाले बा ८ च ७४२० नम्बरको हाईलक्स गाडीमा उक्त परिमाणको सुन लुकाई छिपाई काठमाडौं ल्याउदै थिए । तस्करी गरेर ल्याइएको उक्त सुनसहितको गाडी लाई नियन्त्रणमा लिएर चेकचाँज गर्दा एक एक किलोका सात पिस सुन फेला परेको महाशाखाले जनाएको छ ।

 चालक लामाले गाडी भाडामा लिई आफै सुन तस्करी गर्ने गरेको प्रहरीको अनुसन्धानबाट खुलासा भएको छ ।  बरामद भएको सुन कानुनी कारवाहीको लागि राजश्व अनुसन्धान विभाग पठाईएको जानकारी महाशाखाले दिएको छ । नुवाकोट र धादिङ जिल्लामा रहेका दर्जन चोकपोष्ट पार गर्दै लामाले उक्त सुन काठमाडौं भित्राउन सफल भएपनि अन्ततः महाशाखाको नजरबाट बच्न सकेनन् । 

Post a Comment

0 Comments