Subscribe Us

अन्त्यमा गृहमन्त्रीकै शरणमा,

गृहमन्त्री खराब कि आइजी ?काठमाडौं । ३६ को आँकडामा रहेको गृहमन्त्री विमलेन्द्र निधि र नेपाल प्रहरीका आइजी उपेन्द्रकान्त अर्यालको सम्बन्ध अहिले मधुमासे बनेको छ । आइजीबाट विदा हुनु अघि थोरै माल कमाउने र नाम जोगाउने स्वार्थका कारण अर्याल यसम्यानको रूपमा प्रस्तुत भइरहेका छन् । 

वालसखाका रूपमा दुवै जना परिचित भएपनि दुई एसपी काण्डमा मनमुटाप भएपछि उनीहरूले आइजीपीको दुई महिना समय बाँकी हुँदा झगडा नगर्ने शर्त गरेर काममा खटिरहेको अवस्थामा गृहमन्त्री नीधिले जे भने पनि एसम्यानको झै काम गरिरहको आइजीले पछिल्लो पटक सरूवा बढुवामा भागबण्डा नै लगाएका छन् । 

स्रोतका अनुसार कनिष्ट, असक्षम र पटक–पटक कमाण्ड गर्न नसकेकोमा कारबाहीमा परेका डिएसपीहरूरूलाई पदरिक्त हुनु १५ दिनअघि नै एसपी बढुवामा सिफारिस समेत गरिसकेका छन् । गृहमन्त्री निधिले पटक–पटक कारबाहीमा परेका र कार्यदक्षता शून्य एसपीहरू राजेशकुमारलाल कर्ण र रामकृपाल साहलाई बढुवा गर्न लागेका हुन् । 

आइजीपी अर्यालले कनिष्ट र कार्यदक्षता शून्य कास्कीका एसपी घनश्याम अर्याल, पुरूषोत्तम कँडेल जस्ता कार्यक्षमता शून्यहरूलाई बढुवा गर्ने तयारी गरेपछि प्रहरीमा क्षमतावान र व्यवसायिक कौशल भएकाहरू बढुवामा छुट्ने भएका छन् । बरिष्ठता र व्यवसायिकता सबै भुलेर आप्mना निकटस्थहरूलाई बढुवा गर्ने मामलामा आइजी र गृहमन्त्रीको कुरा मिलेको छ । गएको भदौ ५ गते रिक्त एक, आगामी पुस ६ गते चार र १६ गते रिक्त हुने चार गरी ९ एसएसपी पदमा अहिले नै बढुवा गर्ने तयारीले प्रहरीमा व्यापक असन्तुष्टी छाएको छ । 

राजेन्द्र श्रेष्ठ भदौमा अवकाशपछि एसएसपीको एक पद रिक्त छ । पुस २९ गते विक्रमसिंह थापा, भूपाल भण्डारी, उत्तमबहादुर सिंह र योगेश्वर रोमखामी अवकाशपछि थप चार एसएसपी पद रिक्त भयो । पुस १६ गते रिक्त हुने पदमा मंसिरभित्रै बढुवा गर्ने तयारीमा आइजीपी अर्याल छन् । 

उनले एसएसपी बढुवामा क्षमतावान र बरिष्ठ एसपीलाई नगरी कार्यदक्षता कमजोर भएकालाई गर्न लागेकोमा प्रहरी संगठनभित्रै आलोचित भएका छन् । बढुवा गर्न लागिएका एसपी राजेशलाल कर्ण नसिहत पाएका अधिकृत हुन् । सुर्खेत जिल्लाको प्रमुख हुँदा प्रहरीको गाडीमा जवानलाई भित्रै थुनी आगो लगाएर जलाउँदा समेत केही गर्न नसकेकोमा तत्कालीन मध्यपश्चिमान्चलका डीआइजी केशव अधिकारीले कर्णलाई नसिहत दिएका थिए । 

मनाङमा डीएसपी हुँदा पनि कर्णले काम गर्न नसकेकोमा संगठनले कारबाही गरेको थियो । त्यस्तै कार्यदक्षतामा कमजोर अर्का एसपी रामकृपाल साहलाई बढुवा गर्न गृहमन्त्री निधिले पदरिक्त हुनुअघि नै आइजीपी अर्याललाई बढुवा गर्न सहमति दिएको स्रोतले बताएको छ । 

पदरिक्त हुनुअघि नै बढुवा गर्नका लागि प्रशासन विभाग प्रमुख वीरेन्द्रबाबु श्रेष्ठ विदेश गएको मौका छोपी आइजीपी अर्यालले मंसिर २४ गते आप्mना हितैषी अपराध अनुसन्धान विभागका एआइजी विज्ञानराज शर्मालाई पदपूर्ति समितिमा राखेका थिए तर शर्माले तत्काल त्यसो गर्न हँुदैन भनेपछि रोकिएको हो । गृहसचिव लोकदर्शन रेग्मी आएपछि यसलाई पूर्णता दिन तयारी भएको स्रोतको दावी छ । 

एसएसपीहरू लब बिष्टको १५ गतेबाट घर जादैछन् भने रमेशकुमार भट्टराई, गणेश केसी र केदारमानसिंह भण्डारी डीआइजी बढुवा हुने भएका छन् । उनीहरूको स्थानमा पनि एसपीबाट एसएसपीमा बढुवा कस–कसलाई गर्ने भन्ने विषयमा आइजी सचिवालयमा छलफल शुरू भैसकेको छ । बढुवाको विषयलाई लिएर यतिबेला गृहमन्त्री निधि उनको पिएलाई भेटघाट गर्ने क्रम बढिरहेको छ भने आइजी सचिवालयमा पनि भीडभाड बढ्ने गरेको छ । खासगरी प्रहरी नीरिक्षकबाट ६० भन्दा बढी डिएसपी हुनेहरू पनि यतिबेला निधि र आइजी कार्यालयमा धर्ना दिएर बस्ने थालेका छन् ।

Post a Comment

0 Comments