Subscribe Us

किन बढ्यो आइजीपी अर्यालको व्लडप्रेसर ?

Image result for nepal police igp upendra kant aryalकाठमाडौं । उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र नीधि र नेपाल प्रहरीका प्रमुख प्हरी महानिरीक्षक आइजीपी उपेन्द्रकान्त अर्यालवीच हुने खटपटले बेलाबखत मिडियामा चर्चा पाएकै हो । यी दुइको आफ्नै खाले षड्यन्त्रले संगठन कमजोर बन्दै गएको छ । गृहमन्त्री र प्रहरी प्रमुखबीच बेला बेलामा हुने द्धन्द्धका कारण प्रहरी संगठन एक दशकदेखि कमजोर हँुदै गएको छ । 

संगठनलाई आधुनिकीकरण गर्दै लैजानुपर्ने भएपनि संगठन झन–झन कमजोर हँुदै गएको छ । राजनीतिक दाउपेचको शिकार हुँदै आएको प्रहरी संगठनलाई जोगाउन संगठन एक ढिक्का भएर लाग्नुपर्नेमा उच्च अधिकारी नै संगठन बिरुद्ध लागेर दलका नेताका दैलो चाहार्ने बानीका कारण संगठन प्रमुखका रुपमा नियुक्त हुनेहरु नै आफ्नो पद जोगाउन दौडधुप गर्नुपर्ने अवस्थामा संगठनभित्र देखिएको छ । 

पछिल्लो पटक गृहमन्त्री र आईजीपीबीच सरुवा र बढुवाका लागि भएका चलखेलले प्रहरी अधिकृतको बृत्तिबिकास नै रोकिएको छ । गृहमन्त्री बिमलेन्द्र निधीले प्रहरीको सरुवा बढुवामा हस्तक्षेप गरेपछि आईजीपी उपेन्द्रकान्त अर्यालले तीव्र असहमती जनाएको कारण सरुवा बढुवा रोकिएको हो । गत बुधबार सरुवा बढुवाको बिषयमा भएको छलफलमा चर्काचर्की भएपछि आईजीपी अर्यालको एक्कासी ब्लड प्रेसर बढ्न पुगेको थियो । उनलाई चेक गराउन मन्त्रालयमै चिकित्सक बोलाउनु परेको स्रोतले बतायो । उनको व्लडप्रसर एक सय ५० माथि भएकाले नीजि चिकित्सकहरुले आरम गर्न सल्लाह दिएका छन् । 


मन्त्रालयले एसएसपी रमेश भट्टराईको बढुवाका लागि चासो देखाएको छ भने प्रहरी महानिरीक्षक अर्यालले एसएसपी गणेश केसीको बढुवाका लागि फाईल उठाएपछि अहिले त्यो फाईल नै अलपत्र परेको छ । 

बुधबार पूर्व आईजीपी कुवेरसिंह रानाले पूर्व मन्त्रीको दुर्घटनाका सम्बन्धी रिपोर्ट बुझाउने कार्यक्रम सकिएपछि मन्त्री र आइजीपीबीच सरुवा बढुवा बारे छलफल भएको थियो ।  अहिले गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयबीचको तनावका कारण झण्डै ३ हजार ८ सय रिक्त दरवन्दी पूर्ति हुन सकेको छैन । लामो समयदेखि खाली रहेका उच्च तहका पदमा बढुवा हुन नसक्दा काम कारवाही समेत प्रभावित बन्न पुगेको उच्च प्रहरी अधिकारी बताउँछन । 

‘नेपाल प्रहरीलाई मन्त्रालयले एउटा सानो युनिट जस्तो बनाएको छ । यदी मन्त्रालयले नै संगठनमा हस्तक्षेप गर्ने हो भने किन ९–९ जना बिशिष्ट श्रेणीका प्रहरी अधिकारीलाई नियुक्त गर्नु ? त्यसो गर्नु छ भने सहसचिवको नेतृत्वमा एउटा टोली बनाएर प्रहरी संगठन संचालन गरे भइगो नि ।’ एक उच्च प्रहरी अधिकृतले बताए । प्रहरी प्रधान कार्यालयले एआईजी, डिआईजी, एसएसपी, डिएसपी, इक्सपेक्टरको सरुवाको तयारी गरेको भएपनि मन्त्रालयको हस्तक्षेपका कारण रोकिएको ती प्रहरी अधिकृतले जानकारी दिए । 

सरुवामा मन्त्रालय र प्रधान कार्यालयबीच बिवाद भएपनि बढुवाको लागि लोकसेवा आयोगले निर्णय गर्नु पर्ने भएकाले आयोगले अहिले सम्म बैठक समेत नबोलाउँदा केही प्रहरी अधिकृत बढुवा नभई घर जाने अवस्थामा पुगेका छन् । आगामी पुस १५ गतेबाट ४ जना एसएसपी सेवा अवधीका कारण घर जादै छन् । नेपाल प्रहरीमा एक जना डिआईजीको पद खाली भएपनि ४ जना आकांक्षी भएपछि अहिले मन्त्रालय र प्रधान कार्यालयबीच शीतयुद्ध चलेको छ । 

मन्त्रालयले एसएसपी रमेश भट्टराईको बढुवाका लागि चासो देखाएको छ भने प्रहरी आईजीपी अर्यालले एसएसपी गणेश केसीको बढुवाका लागि फाईल उठाएपछि अहिले त्यो फाईल नै अलपत्र परेको छ । एसएसपीबाट डिआईजीमा बढुवा हुनका लागि लोकसेवा आयोगको समेत सहमति चाहिने भएकाले मन्त्रालय र प्रधान कार्यालय अहिले अलमलमा परेको छ । 

भट्टराई ललितपुरको एसएसपी हँुदा दिउसै रक्सी खाएर बसेपछि उनलाई अर्यालले प्रधानकार्यालय तानेर कारवाही गरेका थिए । आयोगले अहिले सम्म बैठक नबोलाएको कारण उनीहरुको बढुवाको फाइल उठेपनि बढुवाको योजना अलपत्र अवस्थामा रहेको छ । भट्टराई, केसी, लव बिष्ट, केदारमानसिंह भण्डारी, बलराम पौडेल एकै पटक एसएसपीमा बढुवा भएका कारण ५ जना नै डिआईजीका लागि दौडधुप गरेपनि मन्त्रालय भट्टराईको पक्षमा र आईजीपी केसीको पक्षमा खुलेर लविङ गरेकाले बढुवा तथा सरुवा नै अलपत्र अवस्थामा छ ।

Post a Comment

0 Comments