Subscribe Us

स्वघोषित ‘बाबा’ले चलाउँछन् राजनीतिज्ञ,
कांग्रेस, एमाले र माओवादीका नेतादेखि ठूला व्यापारी समेत किन पर्छन् कमलनयानाचार्यको पाउ ?

Image result for कमलनयनाचार्यकाठमाडौं । राजनीतिमा जोगीको प्रभावकारी भुमिका रहनु अब नेपालका लागि नयाँ कुरा भएन । भारतीय जोगीहरूको पाउ पर्ने नेपाली राजनीतिज्ञको निर्लज्जपन उदाङ्गो त्यतिबेला नै भइसकेको छ, जतिबेला उनीहरू दौडिएर बाबा नामधारी रामदेव, आदित्यनाथ, रवि शंकरको पछि पुग्ने गरेका छन् । 

‘जनताको काम छाडी बाबाको चाकरी’ नेताहरूको काम नै हो । नेपाली नेता भारतीय मात्र होइन नेपालमै रहेका विवादस्पद र स्वघोािषत बाबाको पछि नदौडिएका पनि होइनन् । राजा, नेतादेखि व्यापारीसम्म नै यस्ता बाबाको पाउ छुने लर्कोमा उभिएका छन् । 

हिन्दु राज्यको अभियानमा लागेका कमलनयानाचार्य स्वघोािषत मुक्तिनाथ बाबा हुन् । भक्तपुरमा बस्ने यीनको पाउमा तत्कालिन कांग्रेस सभापति सुशिल कोइराला, एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमेत लम्पसार पर्ने गरेका छन् । 

व्यावसायी अजयराज सुमार्गी, कैलाश सिरोहिया, सभासद तथा व्यापारी महेन्द्र शेरचनसम्म कमलनायानाचार्यको पाउमा झुकेका छन् । धर्मको आडमा राजनीति र व्यापारलाई चलायमान राखेका कमलनयानाचार्यको खर्च कम छैन । उनी कतै घुम्न जानुपरेको खण्डमा पनि हेलिकोप्टर चढ्छन् जसको विल राज्यले तिर्ने गरेको स्रोतले दाबी गरेको छ ।   

कमलनयनाचार्यको नामै अनौठो छ, अनन्तश्री विभूषित मुक्तिनाथ पिठाधिश्वर स्वामी कमलनयनाचार्य श्रीजी महाराज (श्री मुक्तिनाथबाबा) । काठमाडौं, भक्तपुर वा नवलपरासीको त्रिवेणी आश्रममा पनि उनले आफूलाई मुक्तिनाथबाबा भनेरै चिनाउने गरेका छन् । हिमालपारिको जिल्ला मुस्ताङ वा मुक्तिनाथ मन्दिरका अधिकारी भने उनले कसैले नदिएको पगरी गुथेको आरोप लगाउँछन्। मुक्तिनाथ विकास समितिले पनि कमलनयनाचार्यको ‘पिठाधिश्वर’ वा ‘मुक्तिनाथबाबा’ स्वघोषित भएको बताएको छ।

ज्ञानेन्द्र राजा भएपछि केही वर्ष पटकपटक मुक्तिनाथ ओहोरदोहोर गर्ने गरेका बाबा अचेल केही वर्षमा केही घन्टाका लागि मात्र हेलिकोप्टर चढेर त्यहाँ पुग्छन् । राजाको सक्रिय शासनकालमा सेना र प्रहरीको आडमा रानी सुवर्णप्रभा पालादेखिको रानीपौवा धर्मशाला ‘कब्जा’ गरेकोमा स्थानीयहरु बाबासँग आक्रोसित छन् । 

विश्व शान्तिका लागि होम गर्ने भनेर मन्दिर परिसरमा पनि स्वामीले केही जग्गा लिएका थिए । ‘तत्कालिन राजा ज्ञानेन्द्र र उनका छोरा पारसलाई नै मुस्ताङ लिएर आउनसक्ने व्यक्तिले मागेपछि हामीले नाइँ भनेनौं,’ स्रोतले भन्यो, ‘भाका सकियो तर छाड्ने सुर देखिँदैन।’

राजदरबारको हवाला दिएर स्वामीले रानीपौवाको धर्मशालाका केही कोठा र मन्दिर परिसरमा जग्गा लिए। त्यसैलाई मुक्तिनाथ पिठ भन्दै उनले आफूलाई पिठाधिश्वर घोषणा गरेका हुन्। 

राजाको सक्रिय शासन सकिएपछि सुरुमा माओवादी डरले स्वामी मुस्ताङ नगएको त्यहाँका स्थानीयको अनुभव छ। पछि माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, माओवादी निकट व्यापारी अजय सुमार्गी र कृष्ण आचार्यसँग संगत थालेपछि पनि उनी ढुक्क बस्नेगरी मुस्ताङ जान भ्याएका छैनन् । जोमसोमको तारे होटलमा सुतेर फर्किने व्यक्ति अहिले बाबा भएको देखेर मुस्ताङीहरु छक्क छन् ।

पछिल्लो समय तिनै बाबाले नेपालको राजनीतिमा पनि धावा बोल्न थालेका छन् । उनी हिन्दु राज्यको अभियानमा अहिले सक्रिय छन् । ‘धर्मको आडमा बसेका कारण हामीले केही गरेका थिएनौं, अहिले संविधान र राज्यको विषयमा नै उनी चर्को कुराकानी गर्न थालिसकेका छन् ।’, स्रोतले भन्यो,‘यीनलाई यो हैसियत कसले दियो ?’

विभिन्न कार्यक्रम आयोजना गरी नेताहरू र शक्तिकेन्द्रमा रहेका मान्छे डाकेर आफु शक्तिशाली भएको देखाउन उनी चुकेका छैनन् । प्रधानमन्त्रीदेखि पूर्वप्रधानमन्त्रीहरू र गृहमन्त्रीहरू पनि उनको शरणमा बारम्बार पुग्ने गरेका छन् । ‘यो कस्तो कनेक्सन हो ? हामी खोजि गरिरहेका छौं ? विकास र जनताका काम थाँती राखेर नेताहरू, राजनीतिज्ञहरू उनीकहाँ पुग्ने गरेका छन् ।’, स्रोतले भन्यो,‘पुरै राजनीतिज्ञ नै उनले चलाएको भान हुन्छ ।’ कमलनयानाचार्यले नेपालका चलेका मिडिया हाउसका मालिकहरू र व्यापारीलाई पनि चलाउने गरेका छन् । 

Post a Comment

0 Comments