Subscribe Us

ढ्याङ्ग्रो बजाउने मात्रै यीनको काम

Image result for राजीव पहारीकाठमाडौं । जालझेल र उमेर मिलाएर महेश बस्नेतपछि युवा संघको अध्यक्ष हत्याउन सफल भएका कास्कीका राजीव पहारीलाई अहिले निक्कै आरोप लाग्ने गरेको छ । युवा संघको अध्यक्ष भएपछि आफ्नो नीजि व्यापार पनि फराकिलो बनाएका पहारीको काम –ढ्याङ्ग्रो बजाउने मात्रै भएको भन्दै उनलाई तत्काल हटाउनका लागि एमाले अध्यक्ष केपी ओलीको शरणमा पुग्ने पनि कम छैनन् । 

तर, ओली रिझाउनका लागि हप्तामा एक पटक बालकोटमा पुगी आन्दोलन नै गर्छु भनी घोषणा गर्ने र मालदार मान्छेसँग सिटिङमा रहने पहारीको व्यहोराको युवा संघभित्र आलोचना बढिरहेको छ । 

एमालेका नेताहरु अहिले मुद्दाका हिसावले एकै धारमा लागेपनि युवा संघमा भने त्यस्तो एकता देखिएको छैन । नेता माधव नेपाल पक्षधर भन्नेहरु अहिले हात धोएर पहारीको विरोधमा मोर्चामा कस्सिन थालेका छन् । ‘युवा संघको आन्दोलनको कुरा गरेर एकलौटी चलाउने र महाधिवेशन समेत नगराउने रणनीतिमा पुगेका पहारीको कर्तुत बालकोटसम्म पुगिसकेको छ, उनी व्यावसायका काममा मात्र सक्रिय भए, युवा संघ सिध्याउन लागिसके ।’, स्रोतले भन्यो । 

मन्त्री भएपछि युवा संघबाट विश्राम लिएका महेश बस्नेतका नजिकका मान्छे बन्न खोजेका पहारीले अहिले अध्यक्ष ओलीका मान्छेलाई पनि बाइपास गर्न थालिसकेका छन् । बस्नेतका केही मान्छेलाई गुरिल्लाजस्तो अघिपछि लगाएर हिँडेका पहारीले संगठनलाई आक्रामक नबनाएको भन्दै कतिपय युवाहरु गुनासो बोकेर सचिव योगेश भट्टराईको पाउमा समेत पुगिसकेका छन् । 

 ‘यत्रो आन्दोलन गर्ने बेलामा पनि नाराजुलुसमा मात्र सीमित बनाएर आफ्नो फाइदा हेर्न थालेका छन्, यीनलाई कारवाही गर्नुपर्छ ।’, स्रोतले भन्यो । केही समय अघि बस्नेतविरुद्ध नै भुसभुसे अभियान थालेका पहारीले सहज पद पाएपछि भने चुप लागेर बसेका थिए । अहिले बस्नेतका मान्छे नै उनको विरोधमा नेताहरुको दैलोमा पुग्न थालेका छन् ।  जनप्रहार साप्ताहिकबाट

Post a Comment

0 Comments