Subscribe Us

प्रहरीमा मनपरी,
समयमै बढुवा नहुदा योग्य प्रहरी अधिकृत पनि अबकास हुँदै

Image result for nepal police logoकाठमाडौं । ३० बर्षे सेवा अवधिका कारण ३० मङ्सिरबाट दुइ प्रहरी नायव महानीरिक्षक (डिआइजी) सहित ३ दर्जन भन्दा सिनियर प्रहरी अधिकृतहरुले अबकास पाउँदै छन् ।  डिआइजीद्धय हेमन्त मल्ल ठकुरी र केशव अधिकारीले ३० बर्षीय सेवा अवधिका कारण ३० मंसिरमा अबकास पाउँछन् । 
उनीहरुसँगै बढुवा भएका गोपाल भण्डारी पनि यतिबेला निलम्बन फुकुवा नहुँदै अबकासको मुखमा छन् । डिआइजीमा तीन पद खाली हुने भएपनी राजनीतिक कारणले बढुवाको फाईल अगाडी बड्न सकेको छैन् ।

प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) हरुबाट डिआएजीमा बढुवाका लागि प्रहरी प्रधानकार्यालयले बढुवा फाइल अघि बढाएपनि लोकसेवा आयोगले भने बिना कारण रोकेको छ । मल्ल, अधिकारी र भण्डारीको स्थानमा बढुवा लागि तीन जनाको सिफारिस भएपनि तत्काल एक जना मात्रै बढुवा हुने अवस्था रहेको प्रधानकार्यालय निकट स्रोतले दावी गरेको छ ।

बढुवाका लागि एसएसपीहरु गणेश केसी, लव विष्ट र केदारमानसिंह भण्डारी, रमेशकुमार भटटराई, बलराम शर्मा पौडेल भएपनि उनीहरु मध्ये एक जनाको मात्रै फाइल अघि बढेको स्रोतले बताएको छ । १६ पुस २०६७ मा उनीहरु एक साथ बढुवा भएका थिए । 

तर प्रहरी प्रधानकार्यालयल अगाडी बढाएको फाइलमा लोकसेवा आयोगले सहमति नदिदा उनीहरुको बढुवा अलमलमा परेको छ । डिआइजी भण्डारी निलम्बनमा परेपछि उनको स्थानमा हाल कसैलाई पनि बढुवा गरिएको छैन । १५ पुससम्म बढुवा नभए पाचै जना एसएसपीहरु घर जानेछन् । कसको फाइल अघि बढेको भन्ने विषयमा प्रधानकार्यालयले गोप्य नै राखेको छ । स्रोतका अनुसार १५ पुसपछि २०४४ चैत २९ व्याजी पुरै डिआइजी हुनबाट रोकिने अवस्था पनि आउनसक्ने स्रोतले जनाएको छ ।

 यदि त्यस्तो भए नेपाल प्रहरीमा हाल कार्यरत रहेका यादवराज खनाल, पुस्पचन्द्र रन्जित, भोगबहादुर थापा, मिलन बस्नेत पुस्कलराज रेग्मीहरुपनि घर जानेछन् । २ फागुनपछि ३० असार २०४५ को टोली डिआइजीमा बढुवा हुनेछ । त्यससँगै ३० फागुन २०४५ को टोलीका एकमात्र हकदार रमेश खरेल त्यसपछि सिधै २९ माघ २०४६को टोलीका सर्वेन्द्र खनाल, धिरु बस्नेत, राजेन्द्रमान श्रेष्ठ (हाल विरामी) पुस्कर कार्की, महेन्द्रराज पोखरेल डिआइजीमा बढुवा हुनेछन् । 

२०४५को अघिल्लो पछिल्लो टोलीलाई पछि पार्दे २०४६ को टोली अन्र्तगत बढुवा भएका सर्वेन्द्र खनाल तथा राजेन्द्रमान श्रेष्ठ एसएसपीमा बढुवा भएका थिए उनीहरुसँग २७ चैत २०६८ मा बढुवा भएका उत्तम कुमार कार्की सुभाषचन्द्र चौधरी, छविलाल जोशी र तथा ४ साउन २०७० मा बढुवा भएका धिरु बस्नेत र श्याम खत्री तथा त्यसको एक महिनापछि २७ भदौमा बढुवा भएका पुस्कर कार्की डिआइजीका प्रवल दावेदार हुन ।

 प्रहरी प्रधानकार्यालयले उनीहरुको कार्यक्षमता तथा मूल्यांकनको फाइल अगाडी बढाउने तयारी गरिरहेको छ । ३० बर्षे सेवाहदका कारण ३० मङ्सिर ३० मै सिनियर अधिकृतहरु ले अवकाश पाउदैछन् । प्रहरी प्रधानकार्यालयका अनुसार एसएसपीबाट उत्तम बहादुर सिंह, योगेश्वर रोमखामी,बिक्रमसिंह थापा र भुपाल कुमार भण्डारीले अवकाश पाउन लागेका हुन ।

 त्यस्तै गोविन्दराम परियार, जगतमान श्रेष्ठ, अजय भट्टराई, प्रेम बहादुर मल्ल, इश्वरी प्रसाद चापागाईं, स्थानेश्वर रेग्मी,पवन कुमार गिरि र सुदमकुमार सिजापतिले एसपीबाट अवकाश पाउदैछन् । त्यसैगरी कृष्ण बहादुर कुँवर, अरुण कुमार शाह, दिपक न्यौपाने, तोरण कुमार कार्की, दिपक कुमार शाह, जगन्नाथ गौतम, ज्ञानेन्द्र बहादुर पाख्रिन, मोहन कुमार परियार, यादव बहादुर घर्ति, मिन बहादुर रावल, विजय कुमार यादव, डम्बर बहादुर चन्द, डोलराज शाही, सोम बहादुर थापा, जिवन कुमार श्रेष्ठ, किसन सिंह बडुवाल, बालाजी रायमाझी, भक्त बहादुर विष्ट, दिलिप सिंह भण्डारी, कमलेश कुमार भट्ट, महेन्द्र बहादुर चन्द, कृष्ण प्रसाद शर्मा र रुपेश कुमार रावलले डिएसपीबाट विदा पाउदैछन् ।

Post a Comment

0 Comments