Subscribe Us

हत्याका अभियुक्त नै सरकारी कर्मचारी,
दश बर्ष पछि खुल्यो हत्याको रहस्य

Related imageकाठमाडौं । हत्या अभियोगमा फरार रहेका एक व्यक्ति सरकारी जागिर खाएर दश बर्ष देखी प्रहरीको आँखमा छारो हाल्दै आएकोे रहस्य खुलासा भएको छ । 

०६३ मा रानीबारीमा बैकुण्ड रानाको हत्या अभियोगमा फरर रहेका  प्रकाश  भन्ने मिलन श्रेष्ठ खरिदारमा जागिर खाएर बसेको अबस्थामा प्रहरीले पक्राउ गर्न सफल भएको छ । 

महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले प्रकाशलाई पोखराबाट पक्राउ गरिएको जनाएको छ । पोखरामा रहेको साल्ट ट्रेनिङमा कार्यरत प्रकाश दश बर्ष लुकेपनि प्रहरीको आँखाबाट भने सदाको लागी बच्न सकेनन् ।

घटना सम्बन्धी संक्षिप्त विवरण

मिति २०६३ असार ३२ गते जि।गुल्मी शान्तिपुर धुवाकोट(९ स्थायी घर भई का।जि।कामनपा(२९ सामाखुसी बस्ने वर्ष(१८ को बैकुण्ठ पुनलाई का।जि।कामपा(२९ सामाखुसी रानीवारीचोकमा ६र७ जनाको समुहले फलामको पाताले प्रहार गरी घाईते बनाएकोमा उपचारको क्रममा मिति २०६३र०४र०१ गते मृत्यु भएको घटनामा संलग्न रही तत्काल फरार रहेका प्रतिवादीहरू मध्येका जि।दोलखा भिमेश्वर नपा।(१ हाल काजि बोराटार बस्ने प्रकाश भन्ने मिलन श्रेष्ठलाई यस महाशाखाबाट खटिएको प्रहरी टोलीले कास्की प्रहरीको सहयोगमा मिति २०७३र०९र०९ गते कास्कीबाट पक्राउ गरी आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर काठमाण्डौ पठाईएको ।

घटनाका सम्बन्धमा खुल्न आएका कुराहरू
 
 मिति २०६३र०३र३२ गते सामाखुशीमा बैकुण्ठ पुन र राम कुमार थामी विचमा घटना हुनु भन्दा केही दिन अगाडी झगडा भएको र सोही घटनाको बदला लिने उद्देश्यले जि।दोलखा भिमेशवर नपा(१ स्थायी घर भई हाल का।जि।का।म।न।पा।(२९ रानीवारी बस्ने बर्ष(३० को प्रकाश भन्ने मिलन श्रेष्ठ लगायतका ६र७ जना व्यक्तिहरुले जि।गुल्मी शान्तिपुर धुवाकोट(९ स्थायी घर भई का।जि।कामपा(२९ सामाखुसी बस्ने बैकुण्ठ पुनलाई खोज्न गएको ।
 खोज्दै जाने क्रममा निजहरुले मृतक बैकुण्ठ राना मगरलाई रानीवारीचोकमा भेटेपछी निजलाई फलामको रड प्रहार गरि दक्षिणकालीको बाटो हुँदै मकवानपुर गई बसेको केही समय मकवानपुर बसेर काठमाण्डौं आई बोराटारमा कोठा लिई बसेको ।
 
निज प्रकाश भन्ने मिलन श्रेष्ठले मिति २०६६ सालमा साल्ट ट्रेनिङमा खरिदारको पदमा जागिर खाई वाग्लुङ गएको र हाल निज साल्ट ट्रेनिङको अंचल कार्यालय कास्कीमा जिन्सी प्रमुखको रुपमा कार्यरत रहेको भन्ने सुचनाका आधारमा खोज तलास गर्दै जाँदा अपराध महाशाखाको विशेष प्रहरी टोलीले जि।प्र।का।कास्कीको सहयोगमा मिति २०७३र०९र०९ गते कास्की पृथ्वीचोकबाट पक्राउ गरि आवश्यक कारवाहीको लागी मिति २०७३र०९र११ गते महानगरीय प्रहरी परिसर काठमाण्डौं पठाईएको ।

Post a Comment

0 Comments