Subscribe Us

२० लाख ठगेर फरार पप्पु

काठमाडौं । पछिल्लो समय राजधानीमा ठगीको बिगबिगि बढेको छ । ठगहरुले अनेक बाहाना गरेर सोझा सिधालाई फसाउँदै आएका छन् । बिषेश गरी बैदेशिक रोजगारको नाममा सर्बसाधारण ठगीदै आएका छन् । अनेक प्रलोभनमा पारेर बेरोजगार युवालाई फसाउने ठग मध्य पप्पु पाण्डे पनि एक हुन । 

आफुलाई बिरगञ्जको व्यापारी बताउने पाण्डेले सिन्धुपाल्चोकका एक दर्जन युवाबाट २० लाख बढी ठगी गरेर फरार भएका छन् । 

दुई बर्ष अगाडी बैदेशिक रोजगारको लागि दुबई पठाउने भन्दै पाण्डेले सिन्धुपाल्चोकका टसी शेर्पा, तेन्जिङ शेर्पा, शाङ्मो शेर्पा, केशाङ शेर्पा लाक्पा शेर्पालगायतसँग २० लाख असुलेका छन् । पैसा लिएपछि एक साता, भोली भरे भन्दै दुई बर्ष बिताएका पाण्डे हाल फरार भएको पीडितले बताए । 

अझै पनि कहिले काँही फोन उठाउँदा राम्रो कोटा आउँदै छ, बिदेश पठाउछु भन्दै गफ दिने गरेको गुनासो पीडितहरुको छ । 

आफूलाई बसुन्धारामा रहेको गल्फ ओभरसिजको मालिक बताउने पाण्डेले उक्त ओभरसिजको नाममा धेरै नै ठगी गरको स्रोतको दाबी छ । पाण्डे बिरुद्ध पीडितले उजुरी दिने तयारी गरेका छन् ।

Post a Comment

0 Comments