Subscribe Us

होशियार ! जागिरको प्रलोभनमा मृर्गाैला चट् होला ?

mrigaula-taskariकाठमाडौं । पैसाको प्रलोभनमा  मृर्गाैला बिक्री गर्ने पाईन छाडेपछि दलालहरुले जागिरको प्रलोभन देखाएर सर्बसाधारणको  मृर्गाैला खुस्काउने गरेको रहस्य खुलासा भएको छ । 

जागिरको प्रलोभन देखाए भारतको बिभिन्न शहरमा लैजाने र बिहोस बनाएर  मृर्गाैला झिक्ने गरेको महानगरीय अपराध महाशाखाको अनुसन्धानबाट खुलासा भएको हो । 

यस्तो कार्यामा संलग्न एक गिरोहलाई महाशाखाको टोलीले पक्राउ पश्चात बिहीवार सार्बजनिक गरेको हो । पीडितको उजुरीको आधारमा अनुसन्धान सुरु गरेको महाशाखाले एक गिरोहलाई पक्राउ पश्चात सार्बजनिक गरेको छ । गिरोहबाट धेरै व्यक्ति पीडित हुन सक्ने महाशाखाको आंकलन छ । 

यस्तो छ प्रहरी अनुसन्धानबाट खुलासा भएको गिरोहको नालाबेली
– बिकास भन्ने बिनु बहादुर तिमल्सिना, प्रकाश बस्नेत, भिम प्रसाद न्यौपानेसमेतअन्य दुई जनामिलि  मृर्गाैला बेचविखन कार्य गरेको। 

– काठमाण्डौमा बिकास भन्ने बिनु बहादुर तिमल्सिना र प्रकाश बस्नेत भई ग्राहक खोज्ने तथा भिम न्यौपाने समेत मिलेर देशका बिभीन्न स्थान बाट जागिर लगाईदिने प्रलोभनमा पारी बिभिन्न उमेरका ब्यक्तीलाई काठमाण्डौ ल्याई बिकास भन्ने बिनु बहादुर तिमल्सिना र प्रकाश बस्नेतको जिम्मा लगाईदिनेगरेको ।

– निजहरुले प्रलोभनमा पारी ल्यार्ईएका व्यक्तिहरुलाई कामको लागि भनी स्वास्थ्य परिक्षण गरी ब्लड ग्रुप पत्ता लगाउने गरेको ।

– यसै क्रममा मिति २०७३ साल श्रावण महिनामा रोजगारीको सिलसिलामा जिल्ला गोरखा, मुचो गा।वि।स। वडा नं। ९ स्थायी घर भई रोजगारीको लागी  पोखरामा बस्दै आएको बर्ष १९ को दिपक नेपालीलाई राम्रो जागिर लगाईदिने बहानामा अन्य दुई जनाले काठमाण्डौ, गौशालामा ल्याई विकास भन्ने बिनु बहादुर तिमल्सिना संग भेट गराएको।

– उक्त भेट पश्चात निज बिकास भन्ने बिनु बहादुर तिमल्सिनाले पिडित दिपक नेपालीलाई भारत लगी बेहोश बनाई अस्पताल पुर्याई मृगौला झिकेको। सो पश्वात बिरामी होशमा आउदा तिमिलाइ गुण्डाले चक्कु हानेकोले उपचार गर्न ल्याएको भनी बताएको र पिडितको घाउ ठिक भए पश्वात नेपाल पठाएको।

– पिडित दिपक नेपाली घर फर्के पश्चात काम गर्न जाँदा बिरामी भई चितवन मेडिकल कलेजमा चेकजाँच गराउदा किड्नी झिकेको थाहा भएको।

– हालसम्म निजहरु मिलि ५ जना भन्दा बढिको मृगौला झिकेको अनुसनधान बाट बुझिन आएको ।
– निजहरु मध्ये अन्य दुई जनाको खोज तलास जारिरहेको ।

Post a Comment

0 Comments