Subscribe Us

तिताे सत्यका 'लाजालाम'काे निधन

काठमाडौं । ‘लाजालाम’को नामले चिनिने चर्चित हास्य कलाकार रुद्रप्रसाद भट्टराईको निधन भएको छ । लामाे समयदेखि सुगर र प्रेसरबाट पीडित भट्टराइकाे शुक्रबार विराटनगरस्थित आफ्नै घरमा निधन भएको हो । 
तीतो–सत्यमा ‘लाजालम’ को चरित्र उनको निकै लोकप्रिय थियो । उनले यस लगायत चार दर्जन भन्दा बढी टेलिसिरियलमा अभिनय गरेका थिए । मोरङ जिल्लाको विराटनगर उपमहानगरपालिकामा जन्मिएका भट्टराईले चार दर्जन भन्दा बढी टेलिसिरियसमा अभिनय गरेका छन् । त्यसमध्ये तितो सत्य, मेरी बास्सै लगायत छन् । 

Post a Comment

0 Comments