Subscribe Us

यस कारण राजधानीमा चिसो बढ्यो

काठमाडौं ।  भूमध्यसागरबाट आएको पश्चिमी वायु प्रणालीको प्रभावले राजधानीलगायत मुलुकभर मौसम बदली भई चिसो बढेको छ । 

जल तथा मौसम विज्ञान विभागले मौसममा आएको परिवर्तनले सोमबारसम्म अधिकतम तापक्रम घट्ने र फाट्टफुट्ट पानी पर्ने जनाएको छ ।

विभागका मौसमविद् सुवास रिमालले भने, “मौसम बदलीका कारण आइतबार र सोमबार चिसो बढ्छ, मङ्गलबार मात्र मौसममा सुधार आउने देखिन्छ । 

”काठमाडौँको न्यूनतम तापक्रममा खासै असर नपरे पनि अधिकतम तापक्रम घटेर १९।५ सेन्टिग्रेड पुगेको विभागको अनुमान छ । पश्चिम क्षेत्रमा भने सोमबारदेखि नै मौसममा सुधार आउने सङ्केत देखिएको छ ।

हिउँदमा भूमध्यसागरबाट पश्चिमी न्यूनचापीय क्षेत्रको असरले जलवाष्प इरान, अफगानिस्तान, पाकिस्तान, पश्चिम भारत हँुदै नेपालमा बहन्छ । 

जलवाष्पका कारण मुलुकको पश्चिम क्षेत्रमा शनिबार बिहानैदेखि र केन्द्र तथा पूर्वी क्षेत्रमा दिउँसोदेखि मौसम बदली भएको मौसमविद् रिमालले बताउनुभयो । 

शनिबार उच्च हिमाली क्षेत्रमा हिमपात भएको र राजधानीमा ०।१ मिलिमिटर वर्षा भएको थियो भने अझै फाट्टफुट्ट पानी पर्ने सम्भावना छ । रासस

Post a Comment

0 Comments