Subscribe Us

आईजी बन्न दिल्लीको शरणमा डीआईजी,
आ ए २१७ को सिट नम्बर ५ए बाट उडे चन्द दिल्ली

काठमाडौं । सरकार परिर्वतन, दलका अध्यक्ष, मन्त्री बन्न नेता पुग्ने दिल्ली, राजनीतिक नियुक्ती हत्याउन पनि दिल्लीको शरणमा जाने प्रथा कुनै नैला भने होईन । 

तर चेन अफ कमाण्डमा चल्दै आएको फौजी संगठनका उच्च प्रहरी अधिकारी पनि दिल्लीको शरणमा जान थालेपछि नेपाल एक सार्वभौम राष्ट्र नभएर भारतको एक प्रदेश झै भएको अनुमान गर्न सकिन्छ ।  फैजी संगठनमा भित्रिन थालेको यस्तो प्रथाले प्रहरी सगठन कै बदनाम नहोला भन्न सकिन्न । 

दुर दराजमा राज्यको प्रतिनिधित्व गर्न बन्दुक भिरेर खटिने एक सिपाही त्यसको नेतृत्व हत्याउन आफूमा आत्म विश्वास नभई बिदेशीको शरणमा पाउ मोल्न हिच्किचाउँदै र बिदेशीको आशिर्वादबाट बनेको संगठन प्रमुखबाट देश र जनताले कसरी सुरक्षाको अनुभव गर्न सक्छन् । 

गंम्भिर प्रश्न उठ्न सक्छ । प्रसङ्ग हो नेपालको २५ औं आईजीको दाबेदार मानिएका डीआईजी जयबहादुर चन्दको । हाल लागूऔंषध नियन्त्रण व्यूरोमा कार्यारत चन्द नेपाल प्रहरीको आगामी आइजी बन्न नेपालका राजनीतिक दल र सरकारलाई दबाद दिनकै लागि नेपाल एयरलाइन्सको आर ए २०५ को जहाजवाट सोमबार विहान ८ः१० वजे दिल्ली उडे । तर खराब मौसमको कारण जहाज दिल्लीमा अवतरण हुन नसकेपछि काठमाडांै फिर्ता भयो । 

फिर्ता भएका डीआईजी चन्द  साँझ पाँच बजेर बिस मिनेटमा आ ए २१७ को सिट नम्बर ५ए बाट दिल्ली उडेका थिए । आगामी फागुण ३ बाट हालका आईजी उपेन्द्रकान्त अर्यालले स्वतः अवकाश पाउने भएपछि भाबी आईजीकोे लागि चलखेल र दौडधुप बढको हो । 

वरियताक्रममा तिन नम्बरमा रहेका चन्दलाई आफू र राजनीतिक दलमा विश्वास नभएपछि दिल्लीबाट दबाब दिने रणनीति अनुरूप उनी आफ्ना केही सहयोगी बोकेर दिल्ली उडेका हुन । पश्चिमका भएकै कारण नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नाम भजाउँदै उनी आफू आईजीपी हुनेमा आशावादी थिए । तर सभापति देउवा र गृहमन्त्री बिमलेन्द्र निधीले बचन नदिएपछि डीआईजी चन्द देउवा, निधी र लगायतका दलका उच्च नेतालाई दबाब दिन दिल्ली तिर लस्केको स्रोत बताउँछ । 

यसका योजनाकार भने आईजी अर्याल भएको स्रोत बताउँछ । भाजपाका उपाध्यक्ष भगतसिंह कोशियारी र अजित डोबाल भेट्ने योजना मुताबिक चन्द दिल्ली निस्केका हुन् । यो रणनीतिमा अर्जुन शाही, राजेश कुमार जोशी र अर्का एक जना भारतीय मुलका व्यापारीले चन्दलाई बोकेका छन् । भगतसिंह कोशियारी नेपाल आउँदा डीआईजी चन्द उनी वसेको होटल पुगेरै सहयोगको याचना गरेका थिए । 

यसपटक पनि चन्दले भगतसिंह कोशियारी कै सहयोगमा भारतका उच्च अधिकारीलाई भेट्ने तयारीमा रहेको स्रोतको दावी छ । पूर्व आईजीपी रमेश चन्द ठकुरीका बहिनी ज्वाई समेत रहेका अर्जुन शाही आफुलाई भारतीय संस्थापनको विश्वासिलो मान्छेको रूपमा नेपालमा चिनाउँदै आएका छन् ।

 शाहीसँगै व्यपारी राजेश कुमार जोशी र भारतीय मुलका अर्का एक जनापनि चन्दलाई आईजी बनाउने लबिङ अनुरूप दिल्ली लागेका छन् । उनीहरूले भारतीय गृहमन्त्री राजनाथ सिंह र उनका सुरक्षा सल्लाहकार अजित डोभाललाई भेटेर नेपालको राजनितिक नेतृत्वलाई दवाव दिने योजना बनाएको उच्च स्रोतको दावी छ । दिल्लीमा भेटघाटको प्रवन्ध भने देहरादुनमा रहेका नेपाली मुलका भारतीय सुर्य शाहीले मिलाएका छन् । उनी भारतीय गृहमन्त्री राजनाथ सिंहका सम्धी नारायणसिंह राणाका निकट मानिन्छन् ।

Post a Comment

0 Comments