Subscribe Us

प्रहरी र तस्करबीच गोली हानाहान, तीन जना तस्कर घाइते



सुनसरी । प्रहरी र लागुऔषध तस्करबीच दोहोरो गोली हानामा तीन जना घाइते भएका छन् । इटहरी उपमहानगरपालिका–१४ खनार चोक नजिक सोमबार गोली हानाहान भएको हो । 

प्रहरीको गोली लागेर घाइते हुनेमा इटहरी–१३ का करिस्मा चौधरी, मोरङ टङ्की सिनवारी–७ नेचाका सचन पासवान, टङ्की सिनवारी–४ कै श्रवण सरदार रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । पासवानको घुँडा, सरदारको तिघ्रा र चौधरीको खुट्टामा गोली लागेको सुनसरीका प्रहरी उपरीक्षक पोषराज पोखरेलले बताए । भारतबाट लागुऔषध लिएर आउँदै गरेको सूचना प्राप्त भएपछि सादा पोसाकका प्रहरीले तस्कारलाई पक्राउ गर्न खोज्दा गोली हानाहान भएको प्रहरी उपरीक्षक पोखरेलले बताए । 

सादा पोसाकमा रहेका प्रहरीमाथि आपराधिक समूहले गोली प्रहार गरेपछि जवाफमा प्रहरीले ११ राउन्ड गोली प्रहार गरेको प्रहरीले जनाएको छ । घटनास्थलबाट प्रहरीले ‘मेड इन युएस’ लेखिएका स्वचालित पेस्तोल तीन थान, घरेलु नलकटुवा पेस्तोल एक थान, चक्कु, डाइजोल्याप, लुपिजेसिक, फेनारगन गरी कुल २२४ थान, कोरेक्स तीन बोतल र को २२ प ६३६३ नम्बरको मोटरसाइकल बरामद गरिएको छ । 

Post a Comment

0 Comments