
बाथ, मुटुरोगको उपचार, शल्यक्रिया, औषधिलगायत सम्पूर्ण सेवा सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र र मनमोहन कार्डियोभास्कुलर सेन्टर महाराजगञ्जबाट निःशुल्क प्रदान गर्ने भएको छ ।
खानपान र फेरिएको जीवनशैलीसँगै मुटुका रोगीको सङ्ख्या नेपालमा बढ्दै गएकाले उपचारलाई सहज तथा उपचार सबै नागरिकको पहुँचमा पुर्याउन सो सुविधा थप गरेको स्वास्थ्यमन्त्री गगनकुमार थापाले बताए । नेपालमा काम गरी आम्दानी गर्ने उमेर समुहका युवा तथा विदेशमा रोजगारीका लागि गएका युवामा मुटु रोगको समस्या बढ्दै गएको पाइएको चिकित्सक बताउँछन् ।
मुटु रोगको उपचार केन्द्रमात्र नभई राजधानी बाहिर पनि बिस्तार गर्ने योजना अनुसार यसैवर्ष नेपालगञ्ज र पोखराबाट उपचार सुरु गर्ने मन्त्री थापाले जानकारी दिए । सहिद गंगालाल श्रेष्ठको सम्मानमा विसं २०५२ मा सुरु गरेको गंगालाल राष्ट्रिय हृदय केन्द पूर्णरुपमा सरकारको आर्थिक सहयोगमा सञ्चालनमा छ ।
हाल गंगालाल अस्पतालमा २०० शैय्या पु¥याई बिरामीलाई उपचार गरिरहेको छ । चालु आर्थिक वर्षमा केन्द्रलाई १५ वर्षमुनिका बालबालिकार र ७५ वर्षमाथिका ज्येष्ठ नागरिकको निःशुल्क उपचारका लागि रु ११ करोड, बिना अप्रेशन मुटुको साँघुरिएको भल्व खोल्ने प्रविधि (पिटिएमसी)का लागि रु एक करोड ५० लाख, गरीब तथा असहाय बिरामीका लागि २०० वटा भल्व निःशुल्क गर्न रु एक करोड २० लाख सरकारले उपलब्ध गराएको केन्द्रका कार्यकारी निर्देशक डा ज्योतिन्द्र शर्माले जानकारी दिएका राससमा उल्लेख छ ।
0 Comments