Subscribe Us

खानको पैसा नतिर्दा डन काजी पक्राउ,
देश भर फैलियो शेर्पाको धन्दा

काठमाडौं । व्यापारीलाई धम्क्याएको आरोपमा राजधानीमा कहलिएका गुण्डा नाईके काजी शेर्पा पक्राउ परेका छन् । 

सामनको पैसा माग्दा पैसा दिनुको सट्टा व्यापारीलाई उल्टै धम्क्याएपछि उनलाई अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो । महाशाखाका अनुसार शेर्पा विरुद्द ४ वटा उजुरी दर्ता भएको छ । 

सोही उजुरीको आधारमा छानबिनको लागी उनलाई पक्राउ गरिएको महाशाखा प्रमुख एसएसपी सर्वेन्द्र खनालले बताए । 

 राजनीतिक दलका नेताको आडभरोसामा राजधानीमा संगठित रूपमा गुन्डागर्दी गर्दै आएका गुन्डाका नाइके र तिनका सदस्य अहिले गुमनाम छन् । कोही राजनीतिमा सक्रिय हुन थालेका छन् भने कोही विदेश पलायन भएका छन् ।

दुई वर्षयता राजधानीमा चरी भन्ने दिनेश अधिकारी र घैंटे नामले कुख्यात कुमार श्रेष्ठ प्रहरी इन्काउन्टरमा मारिएपछि अन्य गुन्डा नाइके तिनका सदस्य गुमनाम भएका हुन । तर नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीमा रासनदेखि हतियारसम्मको सप्लाइ गर्दै आएका शेर्पालाई भने अपराध महाशाखाले पक्राउ गरेको छ ।

ठेक्कापट्टाको काम गर्दा मजदुरले साइडमा खाना खान मगाएका रासनको पैसा समेत नतिरेको उजुरी पछि महाशाखामा परेको  छ ।

करोडौंको काम गर्ने शेर्पाले तीन÷चार लाख नतिरेको उजुरी परेपछि महाशाखाका अधिकारीले उनलाई फोन गरेर उक्त पैसा चुक्ता गर्न अनुरोध गरेका थिए । तर, शेर्पाले एक कानले सुने अर्को कानले उडाए र महाशाखाको फोन उठाउन छाडेका थिए ।  पछिल्लो समय नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीमा रासनदेखि हतियारसम्मको सप्लाई गर्दै आएका शेर्पा सुध्रिएको भान प्रहरीमा थियो । पैसा कमाएपनि गुन्डा आखिर गुन्डा नै हुँदो रहेछ भन्दै अहिले महाशाखाले उनलाई पक्राउ गरेको हो ।

को हुन् काजी शेर्पा

डलर देखाएर लुट्ने धन्दाका जन्मदाता शेर्पा अहिले प्रहरी र सेनाका रासन र हतियारका ठेकदार बनिसकेका छन् । लुटपाटको धन्दाबाट कमाएको पैसाले ठमेलमा ठमेल किचेन नामक डान्सबार चलाएका थिए । ठमेलका डन दीपक मनाङे भन्ने राजीव गुरुङसँग तालमेल नमिलेपछि रेस्टुरेन्ट कब्जा गर्दै शेर्पालाई ठमेलबाट लखेटिएको थियो ।

ठमेलको आफ्नो व्यापार व्यवसायबाट हात धुने परेपछि शेर्पाले अर्का डन तथा हाल तरुणदलका केन्द्रिय सदस्य भीम गुरुङसँग हात मिलाउन पुगे । भीमको ग्याङमा पुुगेका शेर्पाले मनाङेसँग बदला लिन कुमार घैंटे, समिरमान बस्नेत जम्मा गरेर अर्को अपराधिक ग्याङ खडा गरेर त्यसको नाईके बने ।

 शेर्पाको नेतृव्वमा मनाङे समूह र शेर्पा समूहबीच पटकपटक ग्यांवार भयो । शेर्पाले चलाएको पेस्तोलबाट सामाखुसीमा काभ्रेली समूहका विष्णु लामाको पेटमा गोली लागेको थियो ।

भीम र घैंटेको आड र अर्का डन चक्रे जेल गएको मौकामा शेर्पाले बालुवा खानीबाट अकुत थुपारेका थिए । त्यही पैसाले शेर्पाले पछिल्लो समय ठेक्कापट्टा र सुरक्षा निकायमा रासनदेखि हतियारसम्म सप्लाई गर्दै आएका छन् । उनलाई डलर देखाएर लुट्ने धन्दाको जन्मदादाको रुपमा लिने गरिन्छ । उनले जन्माएको धन्दा अहिले देश भर फस्टाएको छ ।


Post a Comment

0 Comments