Subscribe Us

बलात्कारको आरोपमा प्रधानाध्यापक पक्राउ


बैतडी । बैतडीको सुदर्शन मावि लिखोडाका प्रधानाध्यापक रामबहादुर चन्द सलेना गाविसकी एक महिलालाई बलात्कार गरेको आरोपमा पक्राउ परेका छन् । यही माघको ३ गते राती स्थानीय एक महिलाको घरमा गई बलात्कार गरेको उजुरी परेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो । 


अभियुक्त चन्द सोही गाविस वडा नं. २ मलिकुलका स्थानीयबासी भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक धर्मानन्द भट्टले जानकारी दिए । 

बलत्कृत महिलाको आफन्तले प्रहरी कार्यालयमा उजुरी दिएपछि उनलाई सोमबार पक्राउ गरिएको हो । ५२ वर्षीय चन्दमाथि थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । 

Post a Comment

0 Comments