Subscribe Us

सबोच्च अदालतको आदेशले लोकमान तन्त्रको अन्त

काठमाडौं । सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमान सिंह कार्कीलाई पदमुक्त गर्न आदेश दिएको छ । 

सर्वोच्च अदालतका न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको इजलासले अख्तियार प्रमुख कार्कीलाई आज पद मुक्त गर्न आदेश दिएको हो । 

आदेशमा कार्कीलाई अख्तियारमा नियुक्ति गर्दा  योग्यता नपुगेको समेत ठहर गरिएको छ । सर्वोच्च अदालतले  अब योग्यता पुगेकालाई अख्तियार प्रमुखमा नियुक्त गर्न संवैधानिक परिषद् र राष्ट्रपति कार्यालयको नाममा परमादेशको आदेश समेत दिएको छ ।

कार्कीको योग्यता नपुगेको भन्दै परेको रिट खारेज गर्ने सर्वोच्चको यसअघिको ओदश खारेज गर्दै आदेशमा भनिएको छ, प्रचलित नेपालको अन्तरिम संविधानको धारा ११९ को उपधारा ५ को देहाय ९ग०(० र ९ङ० बमोजिम योग्यता नभएको व्यक्ति लोकमान सिंह कार्कीलाई अख्तियारको प्रमुख आयुक्त पदमा नियुक्त गर्ने गरी भएको सवैधानिक परिषद्को २०७०र२२ निर्णय, सो सिफारिस बमोजित राष्ट्रपतिबाट गरिएको नियुक्ति र प्रधानन्यायाधीशबाट कार्कीलाई गराइएको प्रमुख आयुक्त पदको सपथ लगायत निजलाई नियुक्त गर्दाका सन्दर्भमा भएका काम कारबाहीहरु उत्प्रेषणको आदेशद्धारा बदर हुने ठहर्छ ।’

 सर्वोच्च अदालतले म्याद तामेलीमा अवरोध गरेको भन्दै परेको मुद्धामा लोकमान सिंह कार्कीका कान्छा ज्वाइँ प्रवल थापालाई दोषी ठहर गरेको छ । सर्वोच्च अदालतले थापासँगै तामेलादार शम्भुबहादुर खत्री, काठमाडौं वडा नम्बर १० का वडा सचिव सरिता राई, खरिदार भेषराज अर्याल र प्रहरी सब इन्स्पेक्टर नकुलराज गौतमले मुलुकी ऐन अ बं। १११ नं प्रतिकूल काम गरेको देखिएको ठहर छ र जनही १ हजार जरिवानाको फैसला सुनाएको छ ।

Post a Comment

0 Comments