Subscribe Us

तरूण दलभित्र संगठन सुधारको खाँचो छः शाही


नेपाल तरुण दलको चौथो महाधिवेशन सम्पन्न भएको दुई महिना वितिसक्दा पनि संगठनले पुर्णता पाउँन सकिरहेको छैन । नेपाली काँग्रेस निकटको प्रमुख भ्रातृ संगठनले के काम गरिरहेको छ । तरुण दललको भावि कार्य योजना के छ भन्ने विषयमा नेपाल तरुण दलको चौथो महाधिवेशनबाट सर्वसम्मत निर्वाचित महासचिव भूपेन्द्रजंग शाहीसँग जनप्रहारले गरेको कुराकानीको सम्पादित अंश ।

नेपाल तरुण दलको चौथो महाधिवेशनबाट महासचिवमा सर्वसम्मत निर्वाचित हुनु भएको छ , कत्तिको सन्तुष्ट हुनुहुन्छ ?
सवैभन्दा पहिलो महाधिवेशन सर्वसम्मत सकिएको छ । महाधिवेशनले तरुण दलको मात्र हैन नेपाली काँग्रेस हरेक सङ्गठन, शुभ चिन्तकको एकताको सन्देश दिएको छ । त्यसैले अव पार्टी एकजुट भएर अघि बढ्ने सन्देश जाँदा म अत्यन्तै खुशी छु ।

अध्यक्षको पदमा अपेक्षा गर्नु भएको थियो कसरी महासचिवमा चित्त बुझाउनुभयो ?
हो म अध्यक्षमा उम्मेद्वार बन्न खोजेको थियाँ । वास्तवमा पार्टीको भ्रातृ संगठन भएकाले कुन पदमा रहने भन्दा पनि काम गर्ने अवसरको रुपमा तरुणको नेतृत्व गरेर केही काम गर्नुपर्छ भन्ने हो । जुन मेरो सोच थियो पद भन्दा पनि सहमति भएपछि महासचिव पदमा चित्त बुझाएको छु । पार्टीमा सहमतिको वातावरण बनेपछि पार्टीको हितको लागि पद ठुलो कुरा होइन ।

६०४० को भागभन्डामा अन्त्य गर्नुपर्छ भन्नुहुन्थ्यो फेरी त्यही भागभन्डामा पर्नु भयो नि ?
पार्टी भित्र भागबन्डा हुनुहुन्न भनेर पहिलेदेखि नै लागेको हुँ । तर यसको मतलव पार्टीमा भागबन्डा हुनुहुन्न भनेको चाँही होइन पार्टीमा एउटै पक्षले हालीमुहाली गर्नुपर्छ भन्ने पनि होइन । पार्टी भित्र फरक मत र फरक विचार हुनु स्वभाविक नै हो । पार्टी भित्र फरक समुह पनि छन् नभएको होइन । तर सवैको भावनाको प्रतिनिधित्व हुन जरुरी छ । पार्टी सवैको हो । जित्नेको पार्टी भन्ने र हार्नेको पार्टी त अर्कै पार्टी होइन नी त्यसैले मलाइ भागबन्डा भन्दा पनि सवैको प्रतिनिधित्व होस् भन्ने लाग्छ ।

नेपाल तरुण दलको भावि कार्ययोजना के छ ?
सवैभन्दा पहिला नेपाल तरुण दलको जुन परिचय छ त्यो नै परिवर्तन गर्न खोजि रहेका छौ । किनकी युवा संगठन भन्ने वित्तिकै  लड्ने भिड्ने र बलमा आधारित संगठन हो भन्ने आम मानिसको वुझाइ छ त्यसलाई अन्त्य गर्नेछाँै । वास्तवमा यूवाहरू भनेका लड्ने मात्र होइनन् । युवा भनेका विचार र सृजनाका संवाहक पनि हुन् । युवाहरूले देशको नेतृत्व गर्न सक्छन् भन्ने खालको संगठन बनाउन चाहान्छाँै । अव तरुण दललाई रचनात्मक,सृजनात्मक र सकरात्मक संगठन बनाउने अभियान छ । नेपालका हरेक युवाहरूलाई उद्यमशिल बनाउने र तरुण दलको संगठनलाई गतिशिल बनाउने तयारी  छ ।

नेपाल तरुण दलको संगठन विस्तारमा मात्र लाग्नुहुन्छ कि आम युवाहरूको हितमा काम गर्नुहुन्छ ?
पहिलो कुरा हाम्रो संगठनलाई सुधार गर्नु जरुरी छ । संगठन भित्रै धेरै कुरा परिवर्तन गर्नु पर्ने छ । तरुण दल गतिशिल र उर्जाशिल बन्यो भने मात्र अरु काम गर्न सकिन्छ । तपाईले भने जस्तै नेपालका हरेका युवाहरूका सरोकार राख्ने समस्या सामाधान गर्न के गर्नु पर्छ ? राज्यको भुमिका के रहन्छ ,युवा संगठनको भुमिका के रहन्छ त्यसमा भर पर्ने कुरा हो । सवै युवा संगठन मिलेर युवाहरूको भविश्य उज्जल गर्न तर्फ तरुण दल लाग्छ ।

देशमा यूवाहरू बेरोजगारले तड्पिएको अवस्था छ । बेरोजगार न्युनिकरणमा तरुण दलको भुमिका के रहन्छ ?
महत्वपुर्ण प्रश्न गर्नुभयो । हाम्रो देशमा ठुलो समस्याका रुपमा रहेको बेरोजगारी समस्या देखिएको छ । सवै भन्दा पहिला देशको विकास हुनको लागि आर्थिक विकास हुनु जरुरी छ  । आर्थिक विकास भनेको एउटा स्वरोजगारले पनि नेपालको गरिबी हट्ने कुरा हुन्छ । बेरोजगार अन्त्यका लागि युवालाई उद्यमशिल बनाउने अभियानमा छौ । त्यसका लागि युवाहरू र नेपाल सरकारको सँयुक्त रुपमा शेयर हालेर युथ डेप्लोमेन्ट बैँक स्थापना गर्ने र त्यो मार्फत उद्यमी गर्न चाहाने युवाहरू विना धितो ऋण दिने र त्यो ऋणको सहि सदुपयोग गराउनुपर्छ भन्ने कार्ययोजना बनाएका छाँै । काम गर्ने उद्योग भए बेरोजगार न्युनिकरण हुन्छ भन्ने मलाई लाग्छ ।

युवालाई पार्टीको झन्डामा गोलबन्द बनाएर परिणाम अन्तमा राम्रो पाउँदैनन् यसका लागि के भन्नु हुन्छ ?
वास्तवमा युवा संगठन पनि पार्टीमा आवद्ध छन् । युवाहरू पार्टी भन्दा पृथक छन् भन्न सकिदैंन । किनकी संगठनमा लागिपछि स्वभाविक रुपमा पार्टीमा सरोकारको विषय हुन्छ । तर पनि युवालाई फाइदा हुने कुरामा हकहित पुग्ने कुरामा पार्टीभन्दा पनि माथि उठेर हाम्रा मागहरू राख्छौँ । त्यसैले युवा संगठनहरू पार्टीले जे गर्छ त्यहि बुझ्छ भनेर पनि हुँदैन । युवाहरूका सवालमा फरक ढंगले प्रस्तुत हुन्छौ । युवाहरूको तरुण दलले नै नेतृत्व गर्ने गरि अरु युवा संगठनहरू संग सहकार्य र समन्वय गरेर अगाडि बढ्ने सोछमा छौ ।

संविधान कार्यान्वयनमा तरुण दलको भुमिका के हुन्छ ?
नेपाल तरुण दलले कांग्रेसलाई मात्र होइन सवै दललाई आग्रह गर्छ ।  राष्ट्रिय स्वार्थका लागि दलीय स्वार्र्थभन्दा माथी उठ्नुपर्छ । कुन दल तल पर्ने र कुन दल माथि हुने भन्दा पनि सवै दलले मेरो गोरुको बाह्रै टक्का नभनेर एकजुट हुन जरुरी छ । संविधान कार्यन्वयनका लागि नेपाल तरुण दलले दफाव सृजना गरिरहेको छ । धेरै वर्षपछि स्थानीय निर्वाचन हुन सकेको छैन । निर्वाचन तत्काल हुनु पर्यो । स्थानीय तहको निर्वाचन नहुदा गाउँमा नयाँ नेतृत्व आउन सकेको छैन । विकासमा पनि वाधा भएको छ । भ्रष्टाचार मौलाएको छ । सवै कुरा सहज हनुका लागि सवै दललाई आग्रह गर्दछौ संविधान कार्यान्वयनमा एकमत हुनु पर्यो । साथै संविधान कार्यान्वयनदखि हरेक विकासका मुद्दामा नेपाल तरुण दलले मेची महाकाली अभियान पनि सूरु गर्दै छ । युवाहरूको दवाफमा राजनीतीक दललाई खुला दिमागले सोचने अवसर मिल्छ । पार्टीको स्वार्थ भन्दा राष्ट्रिय स्वार्थमा लाग्नु पर्छ । यस्तै देशका जल्लावुल्दा विषयमा तरुण दलको महत्वपुर्ण भुमिका छ ।

देशभरका तरुणहरूलाई सकरात्मक बाटोमा लैजान तपाईको के भुमिका रहन्छ
यूवाहरूले अव कसैको कुरा काटेर आलोचना गर्ने हैन । युवा भनेका देशका भावी कर्णदार हुन भनि कुरेर वस्ने अवस्था छैन । हामी भविश्यका कर्णदार मात्र हैनौ वर्तमानका साझेदार पनि हौँ । युवाहरूले भोलीको बाटो आजबाटै बनाउनुपर्छ । अहिलेको महत्वपुर्ण कु्रा भनेको युवाहरूले उद्यम गरेर उद्यमी बन्न जरुरी छ । देश निर्माणका लागि केही न केही योगदान गर्न जरुरी छ । युवाले अफ्नो गाउँमा वा आफ्नो क्षेत्रमा जाने बुझेको सीपलाई सदुपयोग गर्नुपर्छ । उद्यमी भन्ने सवालमा सानोदेखि लिएर ठुलोसम्म जे पनि गर्न युवा तयार हुनुपर्छ । जबसम्म देशमा आर्थिक प्रगती हुन सक्दैन तवसम्म मुलुक परिवर्तन हुन सक्दैन । त्यसैले मुलुकको समृद्धिका लागि आर्थिक रपान्तरण हुुन जरुरी छ । अर्थिक रुपान्तरणका लागि एउटा समुन्नत राष्ट्र र समृद्ध नेपाल निर्माण का लागि हामी सम्पुर्ण युवाहरू लाग्न आवश्यक ठान्छु ।

नेपाल तरुण दलको चौथो महाधिवेशन सकिएको एक महिनासम्म  पनि संगठनले पूर्णता पाएन नी ?

संगठनले पूर्णता नपाएकै कारण हामीलाई काम गर्न पनि समस्या खड्कीएको छ । जुन संगठनले गती लिनु पर्ने हो त्यो चाही लीएको छैन । आसा छ छिट्टै टुंगो लागेर संगठनले पुर्णता पाउँछ । अहिले तरुण दल राष्ट्रिय मुद्दामा अल्झिएको छ । पार्टीले समय दिएर नेपाल तरुण दलको संगठनलाई पुर्णता दिन जरुरी छ ।  

Post a Comment

0 Comments