Subscribe Us

पाइलट बाबाको शरणमा लोकमान ?

काठमाडौं । सर्वोच्च अदालतले अयोग्य ठहर गरेपछि रन्थनिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख लोकमानसिंह कार्कीको बारेमा निक्कै चासो बढेको छ । दिल्लिको आशिर्वाद रहेको भनेपछि लोकमानले भ्रष्टाचारका कतिपय मुद्दाका आधारमा सानादेखि ठूलासम्मलाई तान्ने तयारी गरेका थिए । तर, नराम्रोसँग पद खुस्किएपछि उनी फेरि गुरु पुज्न दिल्लि पुगेको स्रोतले जनाएको छ ।  

लोकमान स्वाथ्योपचारका नाममा लागि पत्नी सुनिता कार्कीलाई लिएर ९ माघमा नेपाल एयरलाइन्सको उडानबाट दिल्ली पुगेका छन् । तर, उपचारभन्दा पनि महत्वपूर्ण उनी सल्लाह लिँदैछन् । भारतमा रहेका हिन्दु गुरु पाइलट बाबालगायतलाई पुज्नका लागि लोकमान दिल्लि पुगेका हुन् । उनले भारतमा रहँदा गोप्य रुपमा धेरैलाई भेट्ने योजना बनाएका छन् । छोरा अभ्युदयमानसिंह कार्कीलाई शुक्रबार क्यानडा पठाएका लोकमान भारतमा उपचार सकेर सिधै क्यानडा जाने कार्यक्रम बताइएपनि केही दिन उनले दिल्लिमा रहेका धार्मिक गुरुहरू र केही नेता भेट्दैछन् । 

उनले भारतीय जनता पार्टीका नेताहरू पनि भेट्ने कार्यक्रम रहेको छ । अख्तियार प्रमुख हुँदा नेपालका प्रायः नेतालाई जेल हाल्ने तयारी गरेका कार्की राजनीतिक संक्रमण लम्बाएर प्रधानमन्त्री हुने दाउमा थिए । भारतले उनलाई त्यहि प्रयोजनका लागि अख्तियार प्रमुखमा नियुक्ति दिलाउनका लागि दुई वर्ष अघि राजनीतिक दलका नेताहरूलाई दबाब दिएको थियो । 

मधेस आन्दोलनलाई सघाउने र अख्तियार मार्फत नै मधेसमा रहेका विभिन्न पृथकतावादी झुन्डलाई आर्थिक सहयोग गरी राजनीतिक संक्रमण लम्बाएर उनी प्रधानमन्त्री बन्ने दाउमा थिए । राजनीतिक दलका नेताहरूमाथि उनले कारवाही प्रक्रिया अघि बढाउन थाल्दा नै एमाले र माओवादी मिलेर उनीमाथि महाअभियोग मुद्दा संसदमा चलाएको थियो । अर्कातिर, उनको भविष्य नै डामाडोल बन्ने अवस्था रहँदा अदालतबाट उनको नियुक्तिलाई अयोग्य ठहर गरेपछि अब संसदमा उनीमाथिको मुद्दामा बहस हुनेछैन । ‘यो सेफ ल्यान्डिङजस्तो गराइयो, उनलाई बचाउन भारतीय संस्थापन जोडदारका साथ लागेको थियो’, उच्च स्रोतले भन्यो । 

Post a Comment

0 Comments