Subscribe Us

सिआईबी द्धारा ठूलो परिमाणमा सुन बरामत,
बिमानस्थलका प्रहरी नै सुन तस्करीमा

काठमाडौं  । बिमानस्थलको सुरक्षा जाँच पास गरेर बाहिर निस्केका एक व्यक्तिको साथबाट नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान व्यूरो (सिआईबी) ले ठूलो मात्रमा अबैध सुन बरामत गरेको छ ।

 एयर अरेवियाको जहाजबाट युएई हुँदै काठमाडौं आएका गोपाल बहादुर शाहीको साथबाट उक्त सुन बरामद गरेको हो । 

सुन बरामत सँगै बिमानस्थलमा खटिएका प्रहरी र भन्सार कर्मचारीको नियतमा समेत प्रश्न चिन्ह् खडा भएको छ । बिमानस्थलको सुरक्षा चेकजाँच कसरी भयो र उक्त सुन कसरी बाहियो भन्ने बिषयमा अनुसन्धान समेत हुन आबाश्वक छ । स्रोतका अनुसार

पछिल्लो समय बिमानस्थलमा खटिएका उच्च प्रहरी अधिकृत तथा भन्सार कर्मचारीकै मिलोमच्तोमा सुन तस्करी हुदै आएको थियो । जुन कुरा सिआईबीको टोली उक्त सुन बरामत गरेपछि पुष्टि भएको छ । लगेजमा फल्स बटम बनाएर सुन ल्याउने शाही र सुन जिम्मा लिन  विमानस्थल पुगेका अर्का एक व्यक्तिलाई पनि सिआईबी टोलीले नियन्त्तणमा लिएर अनुसन्धान सुरु गरेको छ । शाहीको लगेजबाट २६ वटा बिस्कुट आकारका सुन बरामद भएको सिआईबीले जनाएको छ ।

Post a Comment

0 Comments