Subscribe Us

काभ्रेमा व्यापक हिउँपात, जनजीवन प्रभावित

पुस १७, २०७३- जिल्लाकै अग्लो स्थान ढुंखर्कस्थित बेथानचोक, नारायणस्थान र आसपासका क्षेत्रमा हिउँ परेको छ । बिहान पानी परेपछि दिउँसो १ बजेबाट हिउँ पर्न सुरु भएको स्थानीय कमल नेपालले टेलिफोनमा बताए । सो स्थान समुन्द्री सतहबाट ३ हजार २१ मिटरको उचाइमा छ ।

पनौतीबाट खोपासी हुँदै १३ किलोमिटरको कच्ची बाटोको यात्रापछि ढुंखर्क पुग्न सकिन्छ । त्यहाँबाट ३ घण्टाको उकालो हिँडाइपछि बेथानचोक नारायणस्थान पुग्न सकिन्छ । 

हिउँ परेपछि स्थानीय जनजीवन प्रभावित भएको छ । स्कुलबाट फर्कंदै गरेका बालबालिका बिचल्लीमा परेका छन् भने केही युवाहरु हिउँ खेल्न थालेका छन् । भूकम्पपीडितहरु अझ प्रभावित भएका छन् । बालीमा पनि असर परेको छ ।

Post a Comment

0 Comments