Subscribe Us

पहिले गाली, अहिले ताली

काठमाडौं । माओवादी फुटाएर नयाँ शक्ति नेपाल खोल्ने क्रममा डा. बाबुराम भट्टराईको सत्तो श्राप गरेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तीन सय ६० डिग्री घुमेर बोल्न थालेका छन् ।

 बाबुराम अवसरवादी मात्र नभएर ३० वर्ष आफुले झेलेको अभिव्यक्ति दिएका उनै प्रचण्डले अहिले दुनियाँ हसाउने गरी बाबुरामको प्रशंशा गरेर छक्क पारेका छन् । 

डा. बाबुराम भट्टराईले माओवादी पार्टी छाडेको १६ महिनापछि उनीसँग सोमबार एउटै मञ्चमा भाषण गर्न खडा भएका प्रधानमन्त्री प्रचण्डले आफू र बाबुराम विचलनका प्रवक्ता नभएको, बरु एक अर्काका पूरक भएको बताए । पार्टीबाट माइन्युटमा नै लेखेर बाबुराम विचलित भएको माओवादी केन्द्रले निर्णय नै गरिसकेको थियो ।

अब प्रचण्ड र बाबुराम मिल्नुपर्ने परिस्थितिगत बाध्यता आइलागेको प्रधानमन्त्री प्रचण्डले बताए । प्रशंशाको हद तोडेर बोलेका प्रचण्डले भने,‘हामी धेरै वर्ष, झण्डै तीन दशक भने पनि हुन्छ, एउटै आन्दोलनमा रह्यौं । एउटै पार्टीमा, २५ वर्ष एउटै कमिटीमा बस्यौं । उतार–चढावहरु पनि हामीले पार र्गयौं । घुम्ती मोडहरु पार ग¥यौं ।’

एकले अर्कालाई धेरै आरोपित गर्ने भन्दा पनि समीक्षा गर्नु आवश्यक रहेको बताएका प्रचण्डले क्याटोगोरी एउटै भएकाले २५ वर्ष युद्धका बीचमा हाम्रो सम्बन्ध सम्भव भएको पनि बताए । यसो भन्दा बाबुरामको मुहारमा मुस्कान थियो । भक्तिप्रसाद पाण्डेको संस्मरणको पछिल्लो अध्यायमा बाबुराम र प्रचण्डको सम्बन्धका बारेमा लेखिएको प्रसंगबारे प्रचण्डले भने,‘उहाँ जिउँदै हुँदा त हामी एउटै मञ्चमा सायद अलग भएपछि आएनौं ।’

Post a Comment

0 Comments