Subscribe Us

जसले प्रहरीलाई सेलिब्रेटी बन्न सिकाउँदै,
अन्य प्रहरीका लागी रोलमोडल बने

२९ वर्षे जागिरको दौरानमा आफ्नो कुशल क्षमता प्रस्तुत गर्दै आएका डिआईजी सिलवालले पछिल्लोेपटक नेपाल प्रहरीको केद्रिन्य अनुसन्धान व्यूरोमा देखाएको क्षमताको कारण आम नेपालीको नजरमा अब्बल दर्जाको प्रहरी अधिकृतको रुपमा परिचित भए ।
 
काठमाडौं । प्रहरी त धेरै छन् । ७० हजारको संगठनमा केही यस्ता प्रहरी अधिकृत पनि छन् जसको नाम देशमा मात्र नभएर विदेशमा समेत प्रख्यात छ । हातको औंलामा गन्न सकिने केही प्रहरी अधिकृतले नेपालीको मन जित्न सफल भएका छन् । 

ती व्यावसायीक प्रहरी अधिकृतका कारण आम नेपालीले आफूलाई सुरक्षित रहेको महसुुस गर्ने गरेका छन् । पछिल्लो समय राजधानीमा डिआईजी नवराज सिलवाल र एसएसपी सर्वेन्द्र खनाल चर्चाको शिखरमा छन् । जसलाई भावी आईजीको रुपमा समेत सर्वसाधारणले हेर्ने गरेका छन् । डिआईजी सिलवालले तत्कालिन समयमा एसपीको फूली लगाएर काठमाडौं प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेदेखि नै काठमाडौंमा प्रहरीको ‘ग्ल्यामर’ बढेको हो ।

राम्रो काम गरेर वाहीवाही कमाएका सिलवालले त्यसताका राजधानीबासीको नजरमा सेलिब्रेटी बन्न पुगे । राम्रो र जनताको भाबनालाई बुजेर काम गर्न सके प्रहरी पनि सेलिब्रेटी बन्न सक्नेरहेछ भन्ने उदाहरण दिँदै अन्य प्रहरीको लागी ‘रोलमोडल’ बने ।

पढेका र राम्रा व्यक्तिहरू पनि प्रहरीमा हुन्छन् भन्ने कुरा उनले स्थापित गराएका थिए । पब्लिक प्राइभेट पार्टनरसिपमा उनले महत्वपूर्ण काम गरे । काठमाडौं प्रमुख बनेको नौ महिनामा बढुवा भएर सरुवा भएपनि छोटो समयमानै सिलवालले राजधानीबासीको मन जित्न सफल भए । 

काठमाडौंबाट लागूऔषध नियन्त्रण ब्यूरो, केन्द्रिय प्रहरी प्रवक्ता र पूर्वक्षेत्रीय कार्यालयमा आफ्नो क्षमता प्रस्तुत गरेका डिआईजी सिलवालले हाल नेपाल प्रहरीको केद्रिन्य अनुसन्धान व्यूरोमा देखाएको क्षमताको कारण आम नेपालीको नजरमा अब्बल दर्जाको प्रहरी अधिकृतको रुपमा परिचित भए । 

नेपाल प्रहरीमा बौद्धिक छवी भएका उच्च अधिकृतका रूपमा परिचय बनाएका सिलवालले गत महिनामा अन्र्तराष्ट्रिय अवार्ड समेत हात पारे । जुन नेपाल प्रहरीले हासिल गरेको पहिलो अवार्ड थियो । २०४४ सालमा प्रहरी निरीक्षकबाट प्रहरी सेवा सुरू गरेका सिलवाल नेपाल प्रहरीमा क्षमतावान् प्रहरी अधिकृत रुपमा चिनिन्छन् । उनले संयुक्त राष्ट्रसंघको विभिन्न युनिटमा समेत महत्वपुर्ण जिम्मेवारीमा काम गरिसकेका छन् । सिआईबीको जिम्मेवारी सम्हालेसँगै नक्कली डाक्टर, इन्जीनियर र पाइलटलाई समेत कानूनको कठघरामा उभ्याउन सफल सिलवालले मानवबली दिने समूहलाई समेत जेलमा कोचे ।

ओमकार शाहको नेतृत्वको अपराधी टोलीले धादिङकी एक महिलालाई पूजाआजा गर्ने र महिलालाई नै बलि दिने उद्देश्यले अपहरण गरेका थिए । पीडित महिलाको परिवारले दिएको निवेदनका आधारमा सिआईबीको टोलीले आरोपीतलाई पक्राउ गरी महिलालाई बलि दिनबाट जोगाउन सफल भएका थिए । 

यस्तै दुई जना महिलालाई कल्पना लिम्बू, जितबहादुर दर्जीलगायत टोलीले यौन शोषण गर्ने तथा बन्धक बनाउने उद्देश्यले नयाँदिल्ली हुँदै साउदी दूताबास पु¥यायो । उनीहरूको माग साउदीमा नभइकन भारतमा नै भएको भनी दलालीमार्फत फेरि नयाँदिल्ली नै फर्काइयो । 

पीडित महिलाले आफूलाई दिल्लीमा बन्धक बनाएर राखेको खबर आफन्तलाई पठाएपछि आफन्तले तुरुन्त केन्द्रीय अनुसन्धान ब्युरोमा निवेदन दियो । सोही  निवेदनका आधारमा पीडित महिलालाई भारतीय पुलिसको सहयोगमा सिआईबीले उद्धार गर्न सफल भयो । यी त केबल सिआईबीले गरेको उदाहरण घटना मात्र हुन । आर्थिक वर्ष २०७२÷०७३ मा ब्युरोले १ सय १ घटनाको सफल अनुसन्धान गर्न सफल भएको छ ।  

सिलवाल नेतृत्वको ब्युरोले तान्जनिया, किर्गिस्तान, लिबिया, सिरीयालगायत देशमा मानव बेचविखन गरेको आरोपमा १६ घटनाको सफल अनुसन्धान गरेको छ । दूरसञ्चार हानि÷नोक्सानी गरी (भिओआपी) कल बाइपास गर्ने गरेको आरोपितलाई समेत कठघरामा उभ्याएको छ ।  

६ वर्ष अगाडि ललितपुरको च्यासलमा तीन वर्षीया बालिकालाई करणी गरी घाँटी रेटी मारेको एक घटनाको अनुसन्धानको दोषीलाई समेत सिआईबीले पक्राउ गर्न सफल भएको थियो । नक्कली नागरिकता तथा राहदानी बनाउने र विदेश जान पेस गर्ने गरेको आरोपमा चार, किर्ते ६, चोरी एक र ठगीको ५० भन्दा बढी घटनाको अनुसन्धान गरेको छ ।

Post a Comment

0 Comments