Subscribe Us

पुरानै चुल्होमा नयाँ रकम ?

काठमाडौं । देशैभर रहेका गुल्म, गण, बाहिनी र पृतनामा रहेका नेपाली सेनाका मेसनमा चलाइने चुल्होमा करोडौं रकम कमिशनमा पचाउने प्रयास भएको छ ।

१ माघदेखि सवै ठाउँमा नयाँ चुल्हो पुराउनुपर्ने भएपनि ठेक्का पाएको बुद्ध सप्लायर्स पिया टे«डर्सले पुराना चुल्हो किनेर सैनिकको मेसनमा खाना पकाउने व्यवस्था मिलाएको छ । २० वर्षअघि उक्त चुल्होहरू विरङ्ग ट्रेडर्सले सेनालाई दिएको थियो । तर नेपाली सेनाले नयाँ चुल्होका लागि उक्त ठेक्काका लागि बोलपत्र आह्वान गरेको थियो । सवै नयाँ चुल्हो राख्नुपर्ने भएपनि ठेकेदार कम्पनीले पुराना चुल्होबाटै काम गर्दा पनि सेनाले केही भनेको छैन, यो सवै सेटिङमा भएको हो ।’, स्रोतको दाबी छ ।

सेवा शुल्क मार्फत सैनिक जवानहरूको रकमबाट ६ रूपैंया ७ पैसा काटिएपनि त्यसमा नयाँ चुल्हो राख्नुपर्नो थियो । मटितेलको प्रयोग हुने आधुनिक चुल्हो नयाँ दिनुपर्ने भएपनि पुष्प पियाको उक्त कम्पनीले नयाँ चुल्हो दिनु त परै जाओस् कतिपय गुल्म र गणहरूमा तेलको साटो दाउराको प्रयोग गरी तेलको रकममा पनि कमिशन पचाएको छ । उक्त कमिशनमा सैनिक अधिकारीहरूलाई सहभागी गराएको पियाले ठेक्का लिने क्रममा ४६ करोड रूपैंया सेनाका जर्नेलहरूदेखि स्पर्धामा रहेका केही कम्पनीका मालिकलाई समेत बाँडेको स्रोतको दाबी छ ।

९६ हजार ५ सय संख्या रहेको नेपाली सेनाको त्यहि ठेक्कामा मात्रै सवैकुरा मिलाउनका लागि ४६ करोड रूपैंयाको आर्थिक चलखेल भएको थियो । सैनिकहरूको भान्छामा प्रयोग हुने उर्जासहितको प्रविधि चुल्होमा यत्रो आर्थिक अनियमतिता हुँदा नेपाली सेनाका जवान तथा अन्य अधिकारीहरूलाई बेखबर राखिएको छ । खबर पाएकाहरूले पनि सैनिक नियमको बलका कारणले अनियमितताको विषयमा खुलेर बोल्न पाएका छैनन् । सेनामा भएको आर्थिक वेथितिका बारेमा व्यवस्थापिका संसदको लेखा समितिले पनि चासो देखाएको छ ।

भ्रष्टाचार भएको कुनै निकाय पनि जवाफदेही हुनुपर्छ, करोडौं चलखेल गर्ने निकाय होइन, सेना भनेको राष्ट्रिय सुरक्षाका लागि हो, त्यहाँ खटिएका हरेक सैनिकको अस्तित्व र सुविधामा सीमित जर्नेलहरूको चलेखल क्षम्य हुनेछैन ।’, सार्वजनिक लेखा समितिका एक सदस्यले भने,‘यस समितिको सभापति चयन हुनासाथ सेनामा भएको आर्थिक अनियमितताको फेहरिस्तका बारेमा छलफल गराइनेछ ।चुल्होसहित सेवा शुल्कमा करोडौं आम्दानी हुने भएपछि ६ वटा कम्पनीले सेनाको उक्त टेन्डर भरेका थिए ।

प्रतिस्पर्धामा रहेका सवै कम्पनीलाई जानकारी नदिई रातारात बसन्त चौधरीको ग्लोवल लजिष्टिक प्रालि र पुष्प पियाको बुद्ध सप्लायर्स पिया ट्रेडर्सलाई अन्तिम दुईमा छानेर ठेक्का मिलाइएको थियो । समयावधिसमेतलाई ध्यानमा नराखी सैनिक अधिकारीहरूले टेन्डर पास गरेका हुन् । आफुले काम गरेवापतको रकमबाहेक मट्टितेलमा करोडौं रकम जोगाउने पुष्प पियाको बुद्ध कम्पनीले ठेक्का मिलाउनका लागि प्रत्येक सैनिकको खर्चमा आउने ४० करोड रूपैंया बसन्त चौधरी, प्रधानसेनापति राजेन्द्र क्षेत्री, जर्नेलहरू रमिन्द्र क्षेत्रीलगायतलाई बाँडेको स्रोतको दाबी रहेको छ ।

चुल्होको ठेक्काका लागि बसन्त चौधरीको ग्लोबल लजिस्टिक प्रालि, पुष्प पियाको बुद्ध सप्लायर्स पिया ट्रेडिङ, पुष्प पियाकै भाईको पिके लजिस्टिक प्रालि, काजी शेर्पाको विरङ्ग ट्रेडिङ कम्पनी प्राली, राजेन्द्र जोशीको राजेन्द्र जोशी सप्लायर्स र अच्युत भारतीको सिद्धिसाई प्रकाश कन्साईन् स्पर्धामा थिए ।

यो ठेक्का अन्तरर्गत नेपालभर रहेका नेपाली सेनाका विभिन्न पृतनाहरू, बाहिनीहरू, गणहरू र गुल्ममा गरी १ हजार २ सय ९६ वटा इलेक्ट्रिक पावरसहितका चुल्हो जडान गर्नुपर्ने हुन्छ । यस्तो चुल्होमा मट्टितेललाई ग्यास बनाएर पावर निकाली खाना पकाउने काम हुन्छ । चुल्हो विक्रि एकातिर रहेपनि त्यसको जडानबाहेक सेवा शुल्क वापत ठेक्का पाएको कम्पनीले प्रति सैनिक ६ रूपैंया ७ पैसाका दरले पाउने निर्णय गराइएको छ जवकि यसअघि २ रूपैंया ५९ पैसा रहेको थियो ।

अहिले बढाइएको ४ रूपैंया भन्दा बढि रकममा भ्रष्टाचार गरिएको छ । सेनाले मेसका लागि हाइटेक चुल्हो खरिदको प्रक्रिया २० वर्ष अघिदेखि गरेको थियो । ०५२ सालदेखि हरेक ३ वर्षका लागि सेनाले चुल्होका लागि टेन्डर आह्वान गर्ने गरेको छ । सेनाको यो बाहेक लत्ताकपडा, डाइट विस्कुट, दूध र रासनमा पनि ठेक्का हुने गरेको छ ।

राजश्व छल्नेलाई ठेक्का !


यसैबीच, गत सोमबार मात्र राजश्व अनुसन्धान विभागले सेनाले चुल्हो ठेक्का दिएको कम्पनी बुद्ध सप्लायर्स पिया ट्रेडर्सको सीतापाइलामा रहेको कार्यालयको फायल जफत गरेको छ । राजश्व छली गरेको उजुरीका आधारमा कम्पनीको फायल विभागले उठाएको थियो । गुपचुप राखिएको उक्त फायल काण्ड बाहिर आउन नदिनका लागि कम्पनीका सवै सेयर होल्डरहरू सेटिङ् मिलाउनका लागि साताभर खटिएका थिए ।

Post a Comment

0 Comments