Subscribe Us

कपडा देखाएर हुन्डीको धन्दा गर्ने काका भतीजलाई राजश्वको छुट

काठमाडौँ । देखाउने दाँत एउटा चपाउने अर्को दाँत अर्को भने झै आफूलाई प्रतिष्ठित व्यापारी दाबी गर्नेहरू अबैध हुण्डीको कारोबारमा सक्रिय रहेको प्रमाणहरू फेला पर्न थालेका छन् ।

बिभिन्न व्यापार र पेशामा लागेकाहरू नै हुण्डीको अबैध कारोबारमा पक्राउ पर्न थालेका छन् । गत दुई बर्षको अबधिमा मै हुँ भन्ने दुई दर्जन ठूला व्यपारी हुन्डीको अबैध कारोबारमा जोडिएका आएका छन् । सुन व्यापारी देखि कपडाका होलसेलर गर्ने हुण्डीको अभियोगमा पक्राउ परेका छन् । 

पछिल्लो समय कपडा व्यावसायीको आवरणमा खेतलाको सहयोगमा हुण्डीका कारोबार गर्ने झापाका काका भतिजा युवराज र निर्दोष प्रसाईको धन्दा छदाछुल्ल भएको छ । हुण्डीको धन्दाबाटै करोडौ कमाई सकेका यी प्रसाईद्वयले देखाउनको लागि कपडाको व्यावपार गर्दै आएपनि दशक देखि हुण्डीको कारोबार गर्ने गरेको स्रोेत बताउँछ । 

प्यूखामै रहेको माई पाथिभरा ट्रेडर्सका सञ्चालक समेत रहेका प्रसाईद्वयले प्रायगरी चाईनामा हुण्डी मार्फत पैसा पठाउँदै आएका छन् । एक बर्ष अगाडी हुण्डी कारोबार गरेकै अभियोग लागेका प्रसाई धरौटीमा छुटेका अभियुक्त हुन् ।

 तत्कालिन समयमा अपराध महाशाखाको टोलीले न्यूरोडबाट युवराज प्रसाईका भतिजा समेत रहेका निर्दोष प्रसाईलाई १९ लाख ७१ हजार र हुण्डी गर्न पैसा लिएर आउने राजन पौडेलबाट ३२ लाख ५० हजार रूपैयाँ, सोही ट्रेडर्समा कारोबार गर्न आएका टलबहादुर तामाङ, अमित खरेल र रोहित दुलालबाट गरी एक करोड ३७ लाख नेपाली र एक लाख भारतीय रूपैयाँसहित पक्राउ गरेको थियो । 

प्रहरीको नजर प्रसाई काका भतिजमाथि परेपछि त्यसबाट बच्न उनले एक चाईजिन नागरिक र पसलमा काम गर्ने रामेछापका प्रहाल्द गौतमलाई तुरूपको रूपमा प्रयोग गरेका थिए । जसलाई गत महानगरीय प्रहरी वृत्त लैनचौरले हुण्डी गर्ने राखिएको ८४ लाख रूपैंया सहित पक्राउ गरेको थियो । 

जसका नाईके युवराज प्रसाई थिए । युवराज झापाका व्यापारी राम प्रसाईका भाई हुन् जो माओवादी अध्यक्ष प्रचण्डका विश्वास पात्र मानिन्छन् । राम प्रसाई कै आडमा युवराज प्रसाईले गैर कानूनी धन्दामा सक्रिय रहेको निकट स्रोत बताउँछ । गत साता लैनचौर प्रहरीले  ८४ लाख नगद सहित चिनियाँ झाव युलाई पक्राउ गरेको थियो । चिनियाँ नागरीकसँगै अनुसन्धानको क्रममा हुन्डीका नाईकेका कामदार प्रहाल्द गौतमपनि प्रहरीको फन्दामा परेक थिए । 

अनुसन्धानका क्रममा गौतमबाट केही बरामत नभएपछि उनी छुटे, तर रकमसहित पक्राउ परेका चाईनिजलाई थप अनुसन्धानको लागि राजश्व अनुसन्धान बिभागमा बुझाइयो । चाईनिज नागरिकले आफ्नो नाम पोल्ने डरले प्रसाई दाजुभाईले बरामत रकम बराबर सोही दिन धरौंटी जम्मा गरी उनलाई थुना मुक्त गरेका थिए । धरौटी जम्मा नगरी दिएको खण्डमा चिनियाँ नागरिकले प्रसाई काका भतिजको नाम पोल्ने डरले उनीहरूले तत्काल धरौंटी जम्मा गरेर चाईनिजलाई छुटाएको स्रोेतको दाबी छ । 

उता प्रहरीको नजरमा परेका रामेछापका घर भई प्रसाईका कामदार गौतमलाई जागिरबाट समेत निकालिसकेको उनले बताए । उनका अनुसार प्रसाई काका भतिजको करोडौं रूपैंया आफूले बर्षौदेखि बोक्दै आएकोे बताए । हुण्डीको कारोबार गरेकै भरमा प्रसाईले अनामनगरमा करोडौं रूपैंयाको महल बनाएका छन् । राजधानीमा हुण्डी कारोबारीका मुख्य नाइके व्यापारी पवन अग्रवाल सरावगी हुन् । 

सरावगीले न्युरोडमा अनु ट्रेडिङमार्फत व्यापार गरेको देखाउँदै अवैध हुन्डी कारोबार गर्दै आएको प्रहरी अनुसन्धानबाट खुलासा भई सकेको छ । त्यस्तै, प्यूखामा रहेको बिन्देश्वरी ब्याग एन्ड रेडिमेड उद्योगका सञ्चालक मोहनमान श्रेष्ठ, धादिङका प्रकाश खत्री र सुवास सुरेन्द्र गोयल, शंकर अग्रवाल, राजकुमार श्रेष्ठ, आङफुर्वा शेर्पा, अर्जुन कँडेल, निरज ढकाल, डिल्लीराम बस्नेत, सत्यप्रकाश कर्ण, अरूण अग्रवाल, उदयकुमार शर्मा अग्रस्थानमा आउँछन् ।

Post a Comment

0 Comments