Subscribe Us

ग्यासकाे मूल्य फेरी बढ्यो

Image result for gas cylinder
काठमाडाैं । नेपाल आयल निगमले खाना पकाउने ग्यासको प्रति सिलिन्डरमा २५ रुपैयाँले बढाएको छ । यसअघि १ हजार ३ सय २५ रुपैयाँ रहेको एक सिलिन्डरको मूल्य अब १ हजार ३ सय ५० रुपैयाँ बनाइएको बताइएको छ । 

पेट्रोलियम पदार्थको आयात गरिँदा नै मूल्य बढेर आएको हुनाले अन्य पेट्रोलियम पदार्थको मूल्य भने यथावत राखेको निगमले बताएको छ ।  

मूल्य समायोजन नगर्दा गएको साउनदेखि नाफामा गएको निगम गएको महिनादेखि घाटामा गएको थियो। गएको १५ दिनमा १४ करोड घाटा बेहोरेको निगमले आगमी १५ दिनमा २३ करोड ९३ लाख घाटा हुने प्रक्षेपन गरेको निगमका प्रवक्ता भानु खनालले जानकारी दिए। 

एक सिलिन्डर ग्यासमा यसअघि निगमलाई ७८ रुपैयाँ घाटा भएकोमा मूल्य बढाउँदा पनि सो घाटा बढेर १ सय २३ रुपैयाँ पुगेको निगमले जनाएको छ।  भारतीय आयल कर्पोरेशन (आइओसी) ले प्रत्येक अंग्रेजी महिनाको १ र १५ तारिखमा निगमलाई नयाँ मूल्य सूची पठाउने गरेको हुन्छ । 

Post a Comment

0 Comments