Subscribe Us

आइजी नियुक्ति लगत्तै सर्वोच्चको अन्तरिम


काठमाडौं । नेपाल प्रहरीको बढुवाको बारेमा शुक्रबार परेको रिटमा सर्वोच्च अदालतले बढुवा नगर्नु भनेर आइतबार दिउँसो अन्तरिम आदेश गरेको छ । प्रधानन्यायाधीश सुशीला कार्कीको एकल इजलासले निर्णय कायार्न्वयन नगर्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको हो । प्रहरी महानिरीक्षक पदका लागि बरियताको क्रमभंगता गर्ने भन्ने संचारमाध्यममा प्रकाशित समाचारलाई उल्लेख गर्दै एक कानुन व्यवसायीले शुक्रबार अदालतमा रिट दायर गरेका थिए । 

त्यसअघि आइतबार नै बिहान बसेको मन्त्रीपरिषद्को बैठकले नेपाल प्रहरीका डीआइजी जयबहादुर चन्दलाई नेपाल प्रहरीको महानिरीक्षक पदमा नियुक्त गरेको थियो । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले चन्दलाई आइजीपीमा नियुक्त गर्ने निर्णय गरेको थियो । नेपाल प्रहरीको बरियता क्रममा नवराज सिलवाल पहिलो, प्रकाश अर्याल दोस्रो, चन्द तेस्रो र बम बहादुर भण्डारी चार नम्बरमा थिए ।  

यस्तै सशस्त्र प्रहरीको प्रमुखमा भने सिंहबहादुर श्रेष्ठलाई नियुक्त गरेको छ ।

Post a Comment

0 Comments