काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको व्यक्तिबादी र क्षेत्रियतावादी सोच, संस्कार र कार्यशैलीका कारण पार्टीमा मात्र होइन, मुलुकलाई नैं गम्भिर असर परेको छ । 

देउवाको विगतलाई हेर्ने हो भने उनी पार्टी भित्र होस् वा निजामति सेवा वा अन्य निकायमा राम्रालाई भन्दा हाम्रालाई प्राथमिकता दिने गरेका छन् । उमेर ढल्कन लाग्दा जोडि वाँधिएका देउवालाई बिबाहपूर्व सुरा र सुन्दरीमा लिप्त भएको आरोप लगाइने गरिन्थ्यो । 

उनी व्यक्तिगत रुपमा सक्षम, योग्य र इमान्दार भन्दा पनि आफ्ना अनुचर, अन्धभक्त र अनुयायीलाई मात्र आफ्नो ठान्ने गर्छन् । पैशा, पद र पावरका भोका देउवाको विगत पनि त्यो भन्दा फरक थिएन र छैन पनि । उनी सँधै सम्पन्न, शक्तिशाली र आफ्ना पिछलग्गुलाई मात्र साथमा लिने गर्छन् । निर्णय क्षमता र बिबेक प्रयोग नगर्ने देउवाको विगत स्वच्छ र इमान्दार होइन ।

आखिर के छ त देउवाको विगत?

सूदूरपश्चिमको विकट पहाडी जिल्ला डडेलधुराको असीग्राम गाविसस्थित रुवाखोलामा आजभन्दा करिब साढे छ दशक अघि मध्यमवर्गिय परिवारमा जन्मिएका देउवाको स्वभाव सानै देखि पैशा, पावर र सुख सुविधामा नैं रम्ने गरेको छ । 

उनलाई सुदूर पश्चिमको एउटा साधरण परिवारमा हुर्किएको व्यक्ति भएकै आधारमा कांग्रेसका संस्थापन वीपी कोइराला र कृष्णप्रसाद भट्टराईले इमान्दार होलान् लप्पन छप्पन नगर्लान् भनेर कांग्रेसको भातृ संस्थान नेपाल बिद्यार्थी संघको अध्यक्ष निर्वाचित गरे ।

नेविसंघको तदर्थ समिति सभापति बीपीन कोइराला भएपनि आफूलाई नैं नेविसंघको संस्थापक भन्दै हिँड्ने देउवा अरुलाई पनि त्यही भन्न लगाउँछन् । दुई बर्षको लागि नेबिसंघको पहिलो महाधिवेशनबाट कांग्रेसका तत्कालिन नेताहरुले देउवालाई सभापति बनाएका थिए । तर देउवामाथि पद प्रतिष्ठानको भोक र तृष्णा यतिधेरै थियो कि उनले चार बर्षसम्म पद छोड्न मानेन् । 

सत्ता र शक्तिबाट बाहिरिएका देउवा राष्ट्रिय पञ्चायतको निर्वाचनमा कांग्रेसका दर्जनौं नेताहरु एक पछि अर्को गर्दै पञ्चायतमा प्रबेश गर्न थालेपछि सुरा र सुन्दरी भनेपछि हुरुक्कै हुने देउवालाई आर्थिक सुख भोगको चुनौति थपिन थाल्यो  ।

जसले गर्दा उनी आफ्नो मान मर्यादा, प्रतिष्ठा र आस्थालाई परित्याग गरी पञ्चायतमा प्रबेस गर्ने भए । आफूहरुले जिन्दगीमा सूूदूर पश्चिमबाट साधारण परिवारको क्षत्रीको छोरालाई राजनीतिको उच्च पदमा ल्याउने सोच र योजना बनाएका तत्कालिन सभापति कृष्णप्रसाद भट्टराईलाई धेरै चिन्तित बनायो ।

त्यसपछि भट्टराईले लौहपुरुष गणेशमान सिंहको सल्लाहमा शेरे पश्चिम नामले चिनिएका चुरोटका अम्मली देउवालई बेलायतमा पढ्ने व्यवस्था गरे । भट्टराईले नै आफूले राजनीतिमा जन्माएको कार्यकर्ता पञ्चायतमा प्रबेस गरी सक्काउनु भन्दा पलायन गर्नु नैं उचित ठानेर भारतीय नेता र बेलायती कुटनीतिज्ञहरुलाई अनुरोध गरी बेलायतमा पढ्न छात्रबृत्तिको व्यवस्था गरेका थिए ।

देउवा पञ्चायतमा प्रबेस गर्न लागेको र कांग्रेसका नेतामाथि आलोचना गर्न थालेको सुन्ने जान्ने नेताहरु अहिले पनि दर्जनौं छन् । त्यतिमा मात्र होइन दर्जनौं कृति र पुस्तकमा देउवालाई राजनीतिक रुपमा पलायन हुनबाट किसुनजीले जोगाएका तथ्य नेपालको राजनीतिक इतिहासमा पढ्न पाइन्छ ।

जुन पश्चिम शेरेलाई राजनीतिबाट पलायन हुनबाट किसुनजीले जोगाउनु भयो, त्यही शेरेले किसुनजीलाई अन्तरघात गरी खुलम खुल्ला हराउन षडयन्त्र गरिरहेका कोइराला परिवारका सदस्य र सहयोगीको क्रियाकलाप टुलुटुलु हेरेर बसे । २०५० साल फागुनको उपनिर्वाचनमा काठमाडौंको क्षेत्र नम्बर एकबाट सांसद सदस्यमा उम्मेदवारी दिएका किसुनलाई तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र उनका अनुचरहरुलाई अन्तरघात गरी हराउन भूमिका खेल्दा तिनै देउवा गृहमन्त्री भएर पनि टुलुटुलु हेरेर किर्तघ्न चरित्रको पर्दाफास गरे ।

देउवा पार्टी भित्र घात र अन्तर्घातको बिजारोपण गर्ने, सांसद किनबेच गर्ने, जम्बो मन्त्रीमण्डल निर्माण गरेर कु संस्कार र विकृतिका सर्जक हुन् । देउवाले आफूलाई पद, प्रतिष्ठा र शक्तिबाट अलिकति पनि बाहिर पारियो भने त्यसका बिरुद्ध जस्तोसुकै घातक कार्य गर्न पनि पछि पर्दैनन् ।

देउवा गृह मन्त्री भएका बेला २०४९ सालमा भएको कर्मचारी आन्दोलन र २०५० सालमा तत्कालिन प्रमुख प्रतिपक्षी दल एमालेले गरेको शान्तिपूर्ण बिरोधका कार्यक्रममा समेत प्रहरीलाई असिमति अधिकार दिएर दर्जनौंलाई गोलीको शिकार बनाएका थिए ।

देउवा आफूलाई पदमा बस्न दिए सबै ठीक तर पदबाट बाहिरिएमा सबै बेठीक भन्ने मान्यताबाट ग्रस्त व्यक्ति हुन् । २०५१ सालको मध्यावधि निर्वाचनबाट गठीत संसदमा उनले सांसदलाई भेडा बाख्रा झैं किनबेच गरेका थिए । आफू प्रधानमन्त्री बन्न देउवाले पञ्चहरुको बाहुल्यता रहेको राप्रपाको सहयोगमा आफूलाई २०५२ सालमा प्रधानमन्त्री बनाए । 

सांसद किनबेच गर्न राजनीतिमा माहिर मानिएका देउवाले सांसदलाई खुसी बनाउन त्यसबेला मन्त्रीपरिषद्को आकार ५२ सदस्यीय बनाएर संसदीय इतिहासमै किर्तिमान बनाएका थिए । उनको बद्नामीको कहानी गरिसाध्य छैन् । देउवाले आफ्ना आसेपासेलाई खुसी बनाउन २५ जनासम्म स्वकिय सचिव बनाएका थिए ।

२०५८ सालमा पुन प्रधानमन्त्री भएका देउवाले संकटकाल लगाउने बिषयमा तत्कालिन सभापति गिरिजाप्रसाद कोइरालालाई समेत असहयोग गरी तत्कालिन राजा ज्ञानेन्द्र शाहको इसारामा काम गरे । 

पार्टी सभापति र पार्टीले आधिकारिक रुपमा गरेको निर्णयलाई समेत लत्याएर सेनाको तत्कालिन नेतृत्व र राजासँग मिलेर हतियार खरिदको कमिसनको प्रलोभनमा परेर आतंककारी माओवादी सिध्याउने भन्दै संकटकालको अबधि लम्व्याएका थिए । 

देउवाकै समयमा आतंककारीलाई सिध्याउने भन्दै उनले रुकुमको खारामा कांग्रेसकै वार्ड अध्यक्ष सहित दर्जनौं सर्बसाधरणको हत्या भएको थियो । माओवादी सिध्याउने भनेर उनले प्रहरी मार्फत किलो शेरा टु भन्ने अपरेसन नैं शुरु गरेका थिए ।

अनावश्यक रुपमा सेनलाई बिस्तारै नागरिक अधिकार दिएको भन्दै तत्कालिन पार्टी सभापति गिरिजाप्रसाद कोइराला र प्रमुख प्रतिपक्षी एमालेले संकटकाल लम्ब्याउन नहुने अडान लिएका थिए । तर आफ्नै पार्टी सभापति र प्रमुख प्रतिपक्षी दलले हतियार खरिदमा कमिसन खान पाउने लोभमा संसदबाट संकटकाल अबधि नथपिने सम्भावना देखेपछि संसद भंग गरेका थिए ।

२०५८ साल जेठ नौं गते राति तत्कालिन राजा र सैनिक नेतृत्वको इसारामा संसद भंग गरी संसदको अधिकार देउवाले दरबारमा बुझाएका थिए । उनले संसदको अधिकार मात्र दरबारमा बुझाएका होइनन् । २०५८ साल असोज १३ गतेको सर्बंदलिय बैठकमा संसदको निर्वाचन सरकारले गर्न सक्दैन भनेर जननिर्वाचित निकायको अभावमा अनन्तकालसम्म सत्तामा टाँसिरहने सपना देखेका थिए ।

 उनले निर्वाचन गर्न  सक्दिन भनेपछि नैं तत्कालिन राजा ज्ञानेन्द्रले असोज १८ गते देउवालाई घोक्रेठ्याक लगाएर सात दिन पछि लोकेन्द्रबहादुर चन्दलाई प्रधानमन्त्री बनाएका थिए । राजाले संसद र जननिर्वाचित प्रधानमन्त्रीलाई भंग गर्दा समेत राजाको कदमलाई प्रतिगमन भन्न नसक्ने देउवालाई २०६१ सालमा पुन ज्ञानेन्द्रले प्रधानमन्त्री बनाएपछि उनी प्रतिगमन सच्चियो भन्दै फुर्किएका थिए ।

देउवा एक पछि अर्को गर्दै दरबारको गोटी बनेपछि तत्कालिन कांग्रेस संस्थापनले साना अन्य दललाई लिएर आन्दोलन गर्नूृ परेको थियो । देउवाको सत्ता लिप्सा र कमजोर मानसिकता बुझेका चतुर राजा ज्ञानेन्द्रले २०६१ माघ १९ गते देउवालाई पुन सत्ताबाट गलहत्याएर थुनामा राखेपछि मात्र संसदीय सर्वोच्चता र लोकतन्त्रको आवश्यकता र महत्व बुझेर संसद पुनस्र्थापनाको मागमा सहमत भएका थिए ।

देउवालाई जनताको नागरिक अधिकार खोसिएको भन्दा पनि आफ्नो पद गुमेकोमा धेरै चिन्ता थियो । त्यसैले उनी सत्ताबाहिर रहनासाथ छटपटाउन थाल्छन् । आफु प्रधानमन्त्री हुन नसकेपछि संसद पुनस्र्थापनापछिका संयुक्त सरकारमा सँधै मन्त्रीपरिषद्मा भागबण्डा माग्न पल्किएका देउवा मालदार मन्त्रालयमा कांग्रेसका भन्दै आफ्ना अनुचरहरुलाई पठाउने गर्छन र बार्षिक करोडौं कुम्ल्याउने गर्छन् ।

देउवाले नैं सत्ता गुमेको झोंकमा प्रजातन्त्र दरबारमा बुझाएको आलोचना खेपेका देउवा शान्तिप्रकृयापछि भने आफूलाई राजाद्धारा सबैभन्दा पीडित राजनीतिज्ञ भएको भनेर दाबी गर्छन् । देउवा निरंकुस र सम्पति आर्जन गर्ने, पद, पैशा र शक्तिमा रमाउने जीवन शैली भएका व्यक्ति भएका कारण उनलाई पार्टीको १२ औं महाधिवेशनमा समेत तत्कालिन कार्यबाहक सभापति सुशील कोइरालाले सहजै पराजित गरेका थिए ।

कांग्रेसका आमकार्यकर्तासँग तत्कालिन सभापति कोईरालाले भनेका थिए ‘देउवालाई पार्टीको नेतृत्व वा सरकारको नेतृत्व दियो भने फेरी दरबारमा लगेर लोकतन्त्र बुझाउँछन् ।’

पद र पैशा पाएपछि जस्तो सुकै सम्झौता गर्न पछि नपर्ने देउवाले हालै मन्त्रीपरिषद्मा समेत हस्तक्षेप गरी प्रहरी प्रमुखको नियुक्तीमा नाङ्गो हस्तक्षेप गरेर कांग्रेसको इज्जत र प्रतिष्ठामा गम्भिर असर पारेका छन् । देउवाले शक्ति, पैशा र पदलाई पैशामा सहजै साट्ने जीवनशैली र कार्यपद्धति नैं भएको स्वयं कांग्रेस भित्रका नेताहरु बताउँछन् । 

Post a Comment

 
Top