Subscribe Us

जाँदा जाँदै राईले गरे यसरी कोषको दोहन

काठमाडौं । जागिरे जीवनको अन्तिम समय अर्थात अवकाश पाउनु अघि सशस्त्र प्रहरी महानिरीक्षक दुर्जकुमार राईले राज्यकोषको व्यापक दोहन गरेको छन् । 

३० बर्षे सेवा अवधि पूरा गरी घर जाने बेलामा उनलाई त्यस्तो के आइलाग्यो र राज्यकोषको भारी दोहोन गर्नुपर्ने ? त्यसको जवाफ सशस्त्र प्रहरीकै कुनै कर्मचारी दिन सक्ने अवस्था छैन ।

यसवीचमा जिल्ला जिल्लामा निर्मित सशस्त्र प्रहरी भवनको उद्घाटनका नाममा राज्यकोषको चरम दुरूपयोग गरे । माघ महिनामा मात्रै उनले ११ ओटा जिल्लामा निर्मित सशस्त्र प्रहरी भवनको उद्घाटन गरेका थिए । मुलुकको सुरक्षा अवस्थालाई बेवास्ता गर्दै र सशस्त्र प्रहरी बलको प्रशासनिक कामलाई थाँती राखेर भवन उद्घटनका नाममा निस्कदा उनले अधिकांश ठाउँमा हेलिकोप्टरको प्रयोग गरेका थिए । 

भ्रमणमा जाँदा उनले आप्mना छोरा भतिजलाई पनि सँगै लैजाने गरेको र महंगो होटलमा बस्ने गरेरे त्यसको पैसा सशस्त्र प्रहरीको कल्याणकारी कोषले व्यहोरेको छ । पुस नराम्रो महिना भन्दै माघ लागे लगत्तै भ्रमणमा निस्केका सशस्त्र प्रहरी महानिरीक्षक राईले अहिलेसम्म पाल्पा, बुटवल, भोजपुर, मुस्ताङ, संखुवासभा, खोटाङ, रसुवा र गोरखा गुल्ममा पहिला नै निर्मित भवनको उद्घटन गरेका हुन् । 

यस्तै, माघभित्रै उनी नेपालगञ्ज, जनकपुर र वीरगञ्जमा रहेका सीमा सुरक्षा कार्यालयको भवन उद्घटन कार्यक्रममा सहभागी भए । जनकपुर र नेपालगञ्जबाहेक सबै ठाउँमा उनले हेलिकोप्टर प्रयोग गरेका थिए । उद्घाटन गर्दा भवनको शिलालेखमा आप्mनो नाम लेख्न पाइने भएकाले दीर्घकालीन महत्वका कामलाई थाँती राखेर उनी त्यहाँ गएका हुन् । सशस्त्र प्रहरी प्रमुख राईले पछिल्लो पटक भवन उद्घटन गरेको खोटाङ गुल्मको हो । 

खोटाङमा हेलिकोप्टर मार्फत गएका सशस्त्र प्रहरी महानिरीक्षक राईले त्यहाँ गुल्म स्थापनाका लागि निःशुल्क जग्गा दिने २५ जना स्थानीय दातालाई सम्मानपत्र प्रदान गरेका थिए । दिक्तेल नगरपालिका–११ का स्थानीयवासीले ४३ रोपनी जग्गा गुल्मलाई निःशुल्क उपलब्ध गराएका थिए भने ३० रोपनी जग्गा मुआब्जा दिएर गुल्मका नाममा ल्याइएको थियो । करिब ७४ रोपनी क्षेत्रफल जमिनमा रहेको गुल्म मझुवागढीमा छ । रमाइलो कुरा के छ भने, २०६६ सालमा स्थापना भएको गुल्मको भवन माघ महिनामै उनले औपचारिक उद्घाटन गरेका हुन् । 

सशस्त्रको आप्mनो नेतृत्वको समयमा कुनै उल्लेखनीय र सम्झनलायक काम गर्न नसकेका आईजीपी राईले आप्mनो गृहजिल्ला भोजपुरको आफु पढेको विद्यालयलाई ३५ लाख रूपैयाँ दिएका थिए । बाबु आमाको नाममा विद्यालयको नाम राख्न ३५ लाख रूपैयाँ खर्चेका आईजीपी राईले सो रकमको स्रोतबारे कुनै जानकारी दिएका छैनन् । सशस्त्र प्रहरी प्रमुख भएपछि उनी चार पटक विदेश गइसकेका छन् । उनीमाथि कल्याणकारी कोषको रकम दुरूपयोग गरेको आरोप पनि लाग्दै आएको छ । 

संयुक्त राष्ट्रसंघ अन्तर्गत फम्र्ड पुलिस युनिटमा खटिएको सशस्त्रको सुडानको शान्ति मिसनको मेडल परेडमा पनि उनी गएका थिए । सशस्त्रको शान्ति मिसनमा मेडल परेडमा जाने उनी नै पहिलो आईजीपी हुन् । यसअघि डीआईजी वा एआईजीलाई मेडल परेडमा पठाइन्थ्यो । आकर्षक भत्ताको लोभमा उनी आफै मेडल परेडमा गएका हुन् । जनआन्दोलनका बेला प्रर्दशनकारीलाई गोली हानेको गम्भीर आरोप लागेपनि उनी आइजी हुनेबेलामा भने त्यो विषयलाई छुट दिइएको थियो । त्यतिहुँदा पनि उनले राज्यकोषलाई आफ्नै कोषको पैसा ठानेर सरकारी सदासयतालाई मनोमानीरूपमा प्रयोग गरेको आरोप छ ।

Post a Comment

0 Comments