Subscribe Us

हुण्डी कारोबारी लुटेराको निशानामा,
यसरी लुटियो ४ लाख रुपैंया

काठमाडौं । राजधानीको न्यूरोडबाट दिन दाहाडै काका भतिजा लुटिएका छन् । 
गत मंगलवार न्यूरोडको ग्लोबल आईएमई बैंकबाट पैसा निकालेर बाहिरन लाग्दा काका नारायण खराल र बिधान खराल फिल्मी शैलिमा आफूसँग भएको पैसा लुटाउन पुगे । 

लुटपाटमा संगल्न ६ जनालाई अपराध महाशाखाको टोलीले पक्राउ गरेको छ । 

सबैभन्दा व्यस्त रहने न्यूरोडमा यस किसिमको लुटपाट मच्चिएपछि राजधानीको सुरक्षामाथी चुनैति समेत थपिएको छ । लुटेराले फिल्मी शैलीमा अपहरण पश्चात काका भतिजासँग भएको रकम लुटेका थिए । लुटेराले अख्तियार दुरुप्रयोग अनुसन्धान आयोगबाट आएको भन्दै काका भतिजालाई नियन्त्रणमा लिएका थिए । बैंकबाट

४ लाख २७ हजार रुपैयाँको चेक साटेका उनीहरुमाथि हुण्डीको कारोबार गरेको आरोप लगाउँदै ति लुटेराले आयोेग जानु पर्ने भन्दै ट्याक्सीमा कोचेका थिए । तर आयोग नलगी  ६ जनाको समूहले काकार भतिजलाई डल्लु  पुर्‍याएर खुकुरी देखाएर उनीहरुसँग भएको रकमका साथै तीन थान चेक, आइफोन, सामसुङ र नोकिया मोबाइलका साथै पर्स लुटेर फरार भएका थिए ।

लुटपाटमा संलग्न ६ जनालाई महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले पक्राउ परेको छ । पक्राउ पर्नेमा गोरखाका नारायण बानियाँ, सदिप थापा मगर, अशोक वानियाँ, शिव वानियाँ र रुकुमका विश्वास घर्ती मगर र धनकुमार परियार छन् ।

लुटपाटमा संलग्न विश्वास र नारायण योजनाकार भएको प्रहरी अनुसन्धानबाट खुलेको छ । कारियाबाट फर्किएका नारायण हुण्डीको काराबार गर्छन् र उनले बैंकमा कारोबार गर्नेहरुको निगरानी गर्ने काम गर्दै आएका थिए । दुबैले लुटपाटको योजना बनाएपछि चार जना सहयोगी खोजेका थिए, जसमध्ये अशोक र शिव बानियाँ पूर्वसैनिक समेत हुन् ।

Post a Comment

0 Comments