Subscribe Us

सुन तस्करका बादशाह


काठमाडौं । नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान व्यूरो (सिआईबी) ले पक्राउ गरेको ३४ किलो सुनले यतिखेर प्रहरी संगठनभित्र नै खैलाबैला मच्चिएको छ । 

प्रहरीका बाहलवाला एसएसपी श्यामबहादुर खत्रीसमेत सुन तस्करीमा संगलग्न भेटिएपछि खत्रीलाई आईतवार सिआईबीले हिरासतमा लियो । यसपछि प्रहरीमा खैलाबैला मच्चिएको छ । सुन तस्करीमा अन्य प्रहरी अधिकृतको समेत संगलग्नता हुन सक्ने सिआईबी स्रोत बताउँछ । नेपालको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलबाट बर्षौं देखि सेटिङमा हुँदै आएको सुन तस्करीकोे जालो च्यात्न यतिखेर सिआईबी लागि परेको छ । भावी आईजीपीका प्रमुख दाबेदार डिआईजी नवराज सिलवालले सुन तस्करीमा सहयोग पु¥याउने सबैलाई कानुनी दायरामा ल्याउने जिकिर गर्दै आएका छन् ।

३४ किलो सुन काण्डमा भरिया र विमानस्थलबाट उनिहरूलाई सहयोग पु¥याउने कर्मचारी देखि प्रहरीका एसएसपी पक्राउ परिसक्दा पनि सुनका मालिक भने फरार भएका कारण पक्राउ गर्न नसकिएको सिआईबी स्रोत बताउँछ । जनप्रहारलाई प्राप्त सूचनाअनुसार सुन ३४ किलो अबैध सुन न्यूरोडका व्यापारी राम किसन गोयल र राजेन्द्र शाक्यको हो । गोयल शालिमार ज्वेलर्सका मालिक हुन् भने शाक्य आरके ज्वेलर्सका सञ्चालक हुन् । ३४ किलो सुन बरामद सँगै यी दुई सुनका व्यापारी अण्डरग्राउण्ड भएको स्रोतको दाबी छ । 

योसँगै महानगरीय अपराध महाशाखाले ७ किलो र बालाजु वृत्तले १५ किलो सुन बरामद गरेको थियो । केरूङ नाकाबाट रसुवा हुँदै ति सुन काठमाडौं भित्राइएको थियो । ति सुनका पनि भरिया पक्राउ परेपनि मालिकको खोजि भने भईरहेको प्रहरीले जनाएको छ । स्रोतका अनुसार सात किलो सुनका मालिक सिन्धुपाल्चोकका राजकुमार श्रेष्ठ हुन् भने १५ किलो सुन मालिक राजकुमार भन्ने होमबहादुर थापा र कुमार राना मगर हुन् । थापा र मगरको कारोबार भने थापाका छोरा निराजनले हेर्दै आएका थिए ।

उक्त सुन बरामद सँगै उनीहरू सबै फरार रहेको थापा निकट स्रोत बताउँछ । १५ किलो सुनका मालिक खोज्न बालाजु प्रहरीले बिषेश यूनिट बनाएर खोजि कार्य जारी राखेको वृत्त डिएसपी सन्तोष तमाङले बताए । ‘अनुसन्धानबाट सबै कुरा खुलिसकेको छ’, डिएसपी तामाङले भने, ‘सुनका मालिकलाई चाडै पक्राउ गर्छौ ।’

Post a Comment

0 Comments