Subscribe Us

हुन्डी कारोबारीदेखि पाकेटमार खोज्दै काठमाडौं प्रहरी,
एक सातामा पक्राउ परे ५० बढी

काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौंले एक सातामा बिभिन्न अपराधमा संलग्न चार दर्जनलाई नियन्त्रमा लिएर अनुसन्धान सुरू गरेको छ । जसमा पाकेटमार्ने देखि जुवा खेल्ने र हुण्डी कारोबारी समेत पक्राउ परेका छन् । 
 
परिसरका नयाँ एसएसपी छबीलाल जोशीले आफु मातहतलाई अपराध रोकथाम सँगै आपराधीक क्रियाकलापमा संलग्नलाई कडा कारवाही गर्ने निर्देशन दिएका छन् । 
 
परिसर सम्हाले लगत्तै आफु मातहतलाई ब्रिफिङ दिँदै एसएसपी जोशीले आफ्नोे  क्षेत्रका गुण्डा नाईके र तिनका सदस्यमाथि बिषेश निगरानी राख्न आदेश दिएका थिए । 
 
आफ्नो कार्यकालमा काठमाडौंबासीले आफुलाई सुरक्षीत भएको महोसुस गर्नुपर्ने सुझाएका थिए । गुण्डागर्दी माथि बिषेश निगरानी बढाएको एक साता मै काभ्रेली गुण्डा नाईके दावा लामा डिस्कोबाट पक्राउ परेका थिए । डिस्को सञ्चालक अर्का गुण्डा राम गिरीको टाउको फुटाउँदै गर्दा उनलाई दरबारमार्ग प्रहरीले रङ्गेहात पक्राउ गर्न प्रहरी सफल भएको थियो । 
 
काठमाडौं प्रहरीले एक सातामा गुण्डा नाइके, हुण्डी कारोबारी, लागूऔंषधका व्यापारी जुवाडे तथा चोर देखि पाकेटमार हँदै पेस्तोलको भरमा लुटपाट गर्ने लुटेरा ग्याङलाई नियन्त्रणमा लिन सफल भएको छ । 
 
लामा पक्राउ परेपनि गिरी भने हाल फरार छन् । यस्तै परिसर मातहतले ५ फागुनमा ४ जना जुवाडेसहित ७ थान तास र २ लाख ५३ हजार रकम सहित नियन्त्रणमा लिएको थियो भने, ६ फागुनमा वौद्ध फुलवारी स्थित लोप्साङ्ग शेर्पाले संचालन गरेको चियापसललाई जुवा अखडा बनाई खेलाई रहेको छ भन्ने विशेष सुचना प्राप्त भए पश्चात यस परिसरवाट जुवा खेल्ने ४ जना जुवाडेसहति जुवा खेल्न प्रयोग हुने सामाग्री र २ लाख ९७ हजार ३ सय ५५ रकम सहित नियन्त्रणमा लिएको थियो । 

प्रहरीले ७ फागुनमा चमती क्षेत्रमा मनोप्रदिक लागू औंषध नोफिन ३२ थान, डाईजोपाम ३२ थान र फेनारगन ३२ थान सहित बर्ष २६ को बिकी मानन्धर र बुढानिलकण्ठ ज्योतीनगर स्थित श्लोक मेडिकल हलका सञ्चालक बर्ष २४ को गणेश रिजाल र बर्ष २० को दिपक मगर पनि “ख“ समुहमा पर्ने ट्रामाडोल हाईड्रोक्लोरिक क्याप्सुल २० थान बिक्री गरेको आरोप पक्राउ परेको परिसरले जनाएको छ । 

उता ५ फागुनमा प्रहरीले ढल्कुमा २ किलो चरेश सहितजैशीदेवल घर भएका बर्ष ४० को सुदर्शन रञ्जितलाई पक्राउ गरेको छ । लागू औंषध पक्राउ गर्ने शिलशिलामा परिसरले ३ फागुनमा जैसीदेवल स्थित सबिना मगरको डेरा केठा खान तलासी गर्दा नफीन ५९ थान, डाइजोपाम १६० थान, फेनागन १६९ थान गरी जम्मा ३८८ थान बरामत गर्न प्रहरी सफल भएको थियो । 
 
पक्राउ परेकालाई अदालतबाट लागू औषध मुद्धामा म्याद थप गरि वृत्त जनसेवाले थप अनुसन्धान गरिरहेको परिसरले जनाएको छ । उता कपन प्रहरीले घर फुटाउने औजार सहित चोर पक्राउ गरेको छ । २ फागुनमा उदयपुर गाईघाट घर भई हाल कपन बालुवाखानी बस्ने  रूपेश थापालाई पक्राउ गरेको हो । उनको साथबाट प्रहरीले सटर फुटाउने हतौंडा सहित श्यामशुङ कम्पनीको मोबाईल समेत बरामत गरेको छ । 

२ फागुन देखि प्रहरीले ८ फागुनसम्म काठमाडौको विभिन्न स्थानवाट मोवाईल, क्यामेरा ल्यापटप चोरि तथा लुटपाट गर्ने १२ जना चोरहरू पक्राउ गरि वालाजु, वानेश्वर, गौशाला र लैनचौर बृतहरूले थप अनुसन्धान गरिरहेको परिसरले जनाएको छ । प्रहरीले चोर पक्राउ गर्नुको साथै नक्कली पेस्तोल देखाई लुटपाट गर्ने समूहलाई समेत पक्राउ गर्न सफल भएको छ । 

नुवाकोट सामरी घर हाल बालाजु ढुङ्गेधारा बस्ने वर्ष ३० को पुर्ण बहादुर तामाङ् समेत ४ जनालाई लैनचौर प्रहरीले पक्राउ गरेको छ । ६ फागुनमा  रिङरोड चल्ने बा.२ ख १७७३ नं.को बस चालक कै पाकेट मार्ने सोलुखुंबु घर भई हाल ललितपूर हरिसिद्धी बस्ने वर्ष २१ को एलिस बस्नेत पक्राउ परेका छन् । 
 
पाकेटमारी भाग्दै गरेको अवस्थामा प्रहरीले उनलाई पक्राउ गरेको हो । यो साता प्रहरीले हुण्डी कारोबारीलाई समेत पक्राउ गर्न सफल भएको छ । ८ फागुनमा प्रहरीले न्युरोड स्थित आरवि कम्लेक्स अगाडीबाट  राजेन्द्र भट्टराईको साथबाट ५ लाख ४३ हजार, विकास कार्कीको साथवाट ४ लाख ६५ हजार गरी दसलाख आठ हजार स्रोत नखुलेको रकम वरामद गरेको जनाएको छ । उक्त रकम हुण्डी गर्ने ल्याएको हुन सक्ने अनुमान प्रहरीकोे छ । 

पक्राउ परेका व्यक्तिबाट उक्त रकम गैरकानुनि तरिकाबाट विदेश पठाउन लागेको भन्ने प्रारम्भिक बयान दिएपछि प्रहरीले हुण्डीको बिषय जोडेर अनुसन्धान अगाडी बढाएको जनाएको छ ।

Post a Comment

0 Comments