Subscribe Us

डीआईजी सिलवाल बिरुद्ध भ्रम छर्दै सांसद राई,
बैंक ठगीमा जेल रहेका थापालाई लागूऔंषधमा फसाएको आरोप

काठमाडौं । बैंक ठगी मुद्दामा हाल कारागारमा रहेका गुणबहादुर थापालाई डिआईजी नबराज सिलवाले लागूऔंषध मुद्दामा फसाएको भन्दै खम्बुवान राष्ट्रिय पार्टीका सांसद रामकुमार राईले सभामुखलाई भ्रममा राख्न खोजेका छन् ।  संसदमा शुक्रबार विशेष समय लिएर बोल्दै  राईले डीआईजी सिलवालले थापालाई फसाएको दाबी गरेका हुन । 

चितवनमा रहेको एक बैंक ठगीमा फरार रहेका थापालाई तत्कालिन पुनराबेदन अदालत हेटैडाको आदेशले कारागार चलान गरिएको थियो । तर सांसद राईले संसदलाई भ्रममा राख्न  डीआईजी सिलवालले फसाएको आरोप लगाउँदै कारवाहीको माग गरेपछि राईको नियतमा प्रश्न उठेको एक सांसदले बताए । 

अदालतमा बिचाराधिन अबस्थामा रहेको मुद्दामा प्रभाबित पार्ने राईलाई संसदमा  परिचालित गरिएको र यसमा केही आर्थीक समेत चलखेल भएको स्रोतको दाबी छ । 

डीआईजी सिलवाले सर्वोच्च अदालतमा रिट दायर गरेकोमा समेत सांसद राईले आपत्ति जनाउँदै कुर्लिएका थिए । आईजीपी बढुवामा बिबाद भएको एक महिना पश्चात राई संसदमा कुर्लिएका हुन । बढुवामा चित्त नबुझे न्याय माग्न जो कोही पनि अदालत जान पाउने व्यक्तिगत अधिकार हो । 

तर राईले सरकार बिरुद्ध अदालत गएका डिआईजी सिलवाललाई कारवाहीको माग गरेपछि उनको नियतमा प्रश्न उठेको हो । स्रोतका अनुसार योजनाबद्ध तरीकाबाट सांसद राईलाई आर्थीक प्रलोभनमा पारेर डिआईजी सिलवाल बिरुद्ध बोल्न लगाईको थियो । सरकारबाट बाहिर रहेका दलले यो समयमा सरकारको बचाउ गर्दै एक डिआईजी बिरुद्ध आक्रोश पोख्छन भने यसमा आर्थीक अलवा अरु केही हुन नसक्ने एक सांसदले दाबी गरे । 

Post a Comment

0 Comments