Subscribe Us

वसन्तपुरमा परेवासँग रमाउँदै चिनियाँ रक्षामन्त्री चाङ

काठमाडौँ । चीनका रक्षामन्त्री जनरल चाङ वानक्वानले विश्व सम्पदा सूचिमा सूचिकृत वसन्तपुर दरवारक्षेत्रको आज अभिरुचिपूर्वक अवलोकन गरे । भूकम्पबाट क्षति पुगेको वसन्तपुर दरबार क्षेत्रको अबलोकनको क्रममा चाङले त्याहा रहेका परेवा देख्दा रमाएका थिए । 

रक्षामन्त्री बालकृष्ण खाँणको निमन्त्रणामा नेपालको तीनदिने औपचारिक भ्रमणमा रहनुभएका रक्षामन्त्री चाङले हनुमानढोकाभित्र रहेका नासलचोक, लोहचोक, नौतले दरबार र त्यसमा जडित काष्ठकलाकाबारे निकैै चासोका साथ जानकारी लिएका थिए ।

अवलोकनका क्रममा उनले हनुमानढोका परिसरमा रहेका जग्गनाथ मन्दिर, प्रताप मल्लको शालिक, कृष्णमन्दिर, काल भैरवको मूर्ति तथा कुमारी मन्दिरबारे पनि जानकारी लिएका थिए । सो अवसरमा रक्षामन्त्री चाङले वसन्तपुर दरबारलगायतका संरचनाको पुनःनिर्माण कहिलेसम्म पूरा होला भनी जिज्ञासा समेत राखेका थिए । 

त्यस क्षेत्रको अवलोकन गर्ने क्रममा नेपाली वास्तुकलाबाट आफू निकै प्रभावित भएको बताउँदै उनले भूकम्पबाट भएको जनधन र यहाँका ऐतिहासिक तथा सांस्कृतिक धरोहरमा पुगेको क्षतिप्रति दुःख व्यक्त गरेका थिए । संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक एवम् सांस्कृतिक सङ्गठन र चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा वसन्तपुर दरबार तथा त्यस क्षेत्रका सम्पदाको पुनःनिर्माण गर्ने कार्यक्रम छ ।

रक्षामन्त्री चाङलाई चिनियाँ भाषाका पथप्रदर्शक तोयानाथ सुवेदीले भूकम्पबाट क्षति भएका त्यस क्षेत्रका मठ, मन्दिर र अन्य सम्पदाका बारेमा विस्तृत रूपमा जानकारी गराएका थिए । रक्षामन्त्री चाङले हनुमानढोकाको मुख्य प्रवेशद्वार अगाडि परेवासँग निकै खुसीका साथ तस्बिरसमेत खिचाएका थिए । 

Post a Comment

0 Comments