Subscribe Us

डनको वैध तथा अवैध हतियारको निगरानी गर्दै प्रहरी

चितवन  । स्थानीय तहको निर्वाचन नजिकिँदै जाँदा स्थानीय प्रशासनले वैध तथा अवैध हातहतियारको खोजी कार्यलाई तीव्रता दिएको छ । 

जिल्लामा अहिले २०४ जनाले व्यक्तिगत सुरक्षाका लागि अनुमतिपत्र लिएर हतियार राखेको पाइएको छ । 

जिल्ला प्रशासन कार्यालय चितवनले दिएको जानकारीअनुसार ती २०४ हतियारमध्ये ११५ जनाले नवीकरण गरेका छन् भने ८९ जनाले नवीकरण गरेका छैनन् । 

व्यक्तिगत सुरक्षा र विभिन्न प्रयोजनका लागि गृहमन्त्रालयमार्फत अनुमति लिएर हतियार राख्ने गरेको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले बताए । 

अनुमति लिई राखिएका हतियारमध्ये बाह्र बोरको एक नाले र दुई नाले बन्दुक ११७ थान, २२ बोरको एक नाले र दुई नाले बन्दुक ६१ थान, टु टु राइफल तीन थान, हावादारी १८ थान र क्यालियर रनिङ्टन स्पोट मास्टर टोटावाल तीन थान रहेका छन् । 

जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गरेर निर्वाचनलाई लक्षित गरी हतियार बुझाउने कार्यलाई तिब्रता दिएको छ । हालसम्म जिप्रका र मातहतका कार्यालयमा चारजनाले हतियार बुझाएका छन् । 

निर्वाचनको समयमा हुन सक्ने हिंसाजन्य घटनालाई मध्यनजर गर्दै अनुमति लिएर राखिएका हतियारसमेत प्रशासनले फिर्ता मागेको हो । निर्धारित समयमा हतियार नुबुझाए अनुगमन गरी कारबाहीसमेत गर्ने प्रशासनले जनाएको छ । अवैध हतियारको पनि खोजी कार्य तीव्र पारिएको चितवनका प्रहरी उपरीक्षक दीपक थापाले बताउनुभयो । रासस 

Post a Comment

0 Comments