Subscribe Us

सिआईबीको हन्ट अप्रेशन ६ बर्ष पछि सफल,
७ प्रहरीको जागिर खाने डन २६ बर्ष पश्चात पक्राउ

काठमाडौं । हावा र हुरी चल्यो । प्रहरी ज्यान जोगाउन चिया पसलमा छिरे हत्कडी लगाएका अभियुक्त त्यहि मौक छोपेर ज्यान जोगाउदै फरार भए । 

अभियुक्त हत्कडी सहित फरार भएपछि डीउटीमा खटिएका सात प्रहरी कारवाहीमा परे । फरार अभियुक्त प्रहरीको आँखामा धुलो हाल्दै झण्डै तिन दशक प्रहरीलाई घुमाउदै काठमाडौंमा रमाए । अन्तत सिआईबीको फन्दामा परे । 

उनलाई पक्राउ गर्न सिआईबीले अप्रेशन हन्ट चलाएको ६ बर्षमा उनि पक्राउ परे । उनी थिए नुवाकोटका फुर्पा तामाङ जो सोमवार सिआईबीको फन्दामा परे । 

फुर्पा माथी नुवाकोट घयाङफेदीका दुई बालिकालाई काठमाडौं घुम्न जाऔं भन्दै बम्बई बिक्रि गर्न लैजान लागेको अवस्थामा १४ जेठ २०४७ मा प्रहरीले पक्राउ गरेको थियो । मानवबेचबिखन मुद्दामा पक्राउ परेका फुर्पा अनुसन्धान कै क्रममा नुवाकोट खरानीटारबाट फरार भएका थिए । 

  ८ असार २०४७ मा प्रहरीले उनीहरुलाई थप अनुसन्धानको लागि उनीहरुकै गाउँ लगेर बिदुर फर्काउने क्रममा फरर भएका थिए । पक्राउ परेका फुर्पा विरुद्ध अदालतले ७ वर्ष ६ महिना कैद सजायको फैसला गरिसकेको छ  । 

Post a Comment

0 Comments