Subscribe Us

पूर्ब आईजीपी अर्याललाई कसले दियो ६ गाडी चार चालक दाईजो

काठमाडौं । पूर्व प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले कानुनविपरीत सवारीसाधन र चालक प्रहरीहरू घरमा राखेको आरोप लागेको छ । 
प्रहरी प्रधान कार्यालयले नै अर्यालले कानुनविपरीत ६ वटा गाडी र चार  चालक राखेको आरोप लगाएको हो।
कानुनतः कार्यअवधि सकिएपछि आइजिपी तथा एआइजीहरूले सवारीसाधन र चालक फिर्ता गर्नुपर्ने प्रावधान छ। तर, आइजिपी अर्यालले ६ वटा गाडी र चारै जना चालक अहिलेसम्म फिर्ता नगरेको प्रधान कार्यालय स्रोतले बतायो।
प्रहरी महानिरीक्षक अर्यालको नाममा गएका सरकारी नम्बरप्लेटका गाडीहरू अहिले निजी नम्बर प्लेट राखेर प्रयोग भइरहेको स्रोतको दाबी छ । प्रधान कार्यालयको विश्वसनीय स्रोतले दिएको तथ्यांक अनुसार अर्यालसँग बा १झ ७२७४, बा १झ ७२७७, बा २ झ ६७४०, बा २ झ ११७९ र बा २झ १०५ नम्बरका सरकारी गाडी गएका देखिन्छन्। उनले यीमध्ये पाँच वटा गाडीमा निजी नम्बरप्लेट राखेर चलाइरहेको प्रधान कार्यालयको दाबी छ ।  
कुन कुनमा निजी नम्बर प्लेट
स्रोतका अनुसार अर्यालले लगेका गाडीमध्ये छ वटा गाडीको निजी नम्बर प्लेट खुलेको छ। सरकारी गाडी व्यक्तिको नाममा नामसारी नभइकन निजी नम्बरप्लेट हाल्न नपाइने कानुनी व्यवस्थै छ। विश्वसनीय स्रोतबाट प्राप्त तथ्यांक जस्ताको तस्तै राखिएको छ ।
स्रोतका अनुसार बा १झ ७२७७ नम्बरको कियाको पिकान्टो कारमात्र सरकारी नम्बरप्लेटमा छ। अरुलाई क्रमशः बा १४च १५८७ इन्डिगो कारमा बा ४ च ७२८५ र बा १२च १२०१ नम्बर स्कार्पियोमा राखिएको छ । 
तीमध्ये बा १२ च १२०१ नम्बरको स्कार्पियो जिप पूर्ब महानिरीक्षक अर्याल स्मवले प्रयोग गर्दै आएका छन्। पदमा रहँदा प्रयोग गर्ने गरेको गाडी भने उनले फिर्ता गरिसकेका छन्।
अरु गाडी के प्रयोजनका लागि प्रयोग भइरहेका छन्, कसले चढिरहेका छन् भन्नेबारे प्रधान कार्यालयले पनि खोजेको छैन। स्रोतका अनुसार प्रहरी नायब निरीक्षक तुलबहादुर गुरुङ, हवल्दार रामनारायण चौधरी, राजकुमार थापा र जवान डेविट श्रेष्ठ अर्यालकहाँ नै कार्यरत छन्। उनीहरू सबै चालक हुन्।
‘कानुनतः पेन्सन भत्ता र हेडक्वार्टरले बनाएको सुरक्षा निर्देशिका बमोजिम केही सुरक्षाकर्मीबाहेक अन्य सुविधा छैन,’ प्रधान कार्यालय स्रोतले भन्यो, ‘महानिरीक्षक अर्याल र केही एआइजीहरू समेतले गाडी र चालक फिर्ता गर्नुभएको छैन।’
विश्वसनीय स्रोतबाट प्राप्त तथ्यांक जस्ताको तस्तै राखिएको छ :

Post a Comment

0 Comments