Subscribe Us

दुई समुहबिच छुरा हानाहान, एकको मृत्यु

इनरुवा । दुई समुहबिच छुरा हानाहान हुँदा एक जनाको मृत्यु भएको छ, भने एक घाईते भएका छन् । सुनसरीको धरान उपमहानगरपालिकामा शनिवार दुई समूहबीच छुरा हानाहान हुँदा एक जनाको मृत्यु  र अर्का एक घाइते भएका हुन । 

मृत्यु हुनेमा धरान १५ का २५ वर्षीय साइला भन्ने भक्त राई रहेका छन् । सोही घटनामा शुक्र राई गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । 

गम्भीर घाइते भएका राईको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा मृत्यु भएको छ भने घाइते शुक्र राईको प्रतिष्ठानमै उपचार भइरहेको प्रहरीले जनाएको छ । घटनाको विषयमा अनुसन्धान भइरहेको सुनसरीका प्रहरी उपरीक्षक पोषराज पोखरेलले जानकारी दिएका छन् । 

Post a Comment

0 Comments