Subscribe Us

आइजीपी बढुवा बिबादः
बहस सकियो फैसाला आजै आउने

काठमाडौं ।  आईजीपी बढुवा बिषयमा परेको रिटको अन्तिम सुनुवाइ आज सकिएको छ । आईतवार देखी सुरु भएको बहस आज मध्यान्तरमा सकिएको हो । 

फैसालाको पूण पाठ आज नआएपनि रिटको छिनोफाने भने आजै हुने सम्भाबना बढेको छ । सरकारको तर्फबाट आज न्यायाधीवक्ता र उप–न्यायाधीवक्ताले बहस गरेका थिए । 

जयबहादुर चन्द तर्फका कानुन व्यावसायीले बहस बहिस्कार गरेता पनि सरकारी वकिले भने बहस गरेका थिए । बहस सकिएसगै सरकारले १ फागुणमा डीआईजी जयबहादुर चन्दलाई ३ फागुण देखी आईजीपीमा बढुवा गर्ने गरेको निर्णयलाई सदर वा बदर के गर्ला भन्ने अहिले आम चासोको बिषय बनेको छ । 

सरकारको निर्णय बदर भए चन्दको आईजीपी बन्ने सपना तुहिन्छ । सदर गरे भोली नै चन्दले आईजीपीको फुली लगाउने छन् । 
सर्वोच्च अदालतले सिलवालको रिटमा सुनुवाई गर्न प्रधानन्यायाधीश सुशीला कार्की सहित न्यायाधीशहरू हरिकृष्ण कार्की, ईश्वप्रसाद खतिवडा, डा आनन्दमोहन श्रेष्ठ र अनिलकुमार सिन्हा छन्को पूर्ण इजलास गठन गरेको  छ । 

Post a Comment

0 Comments