Subscribe Us

भारत तर्साउने चाङ चट्याङ

काठमाडौं । नेपालमा चिनियाँ उच्च अधिकारीको भ्रमण हुनासाथ भारत तर्सिनु स्वभाविक भएको छ । अझ, भारतविरोधी भावना हावी भइरहेका बेला नेपालमा चीनका उच्च अधिकारीको अर्थपूर्ण भ्रमणले उनीहरू तर्सिएका छन् । 

नेपालमा २८ देशका सेनाको तालिम एकातिर चलिरहेको बेला चिनियाँ रक्षामन्त्रीको भ्रमण तय भएको छ । यसले भारतको सात्तो उडेको छ । उता, भारतीय सीमामा चीन र भारतीय सेनाको पनि अमिलो सम्बन्धका बेला चिनियाँ रक्षामन्त्र िचाङ वाङ क्युको नेपाल भ्रमणले चर्चा पाएको छ । 

विहीबार काठमाडौं आउन लागेका चाङको नेपालमा छोटो भ्रमण भएपनि यसलाई भारतीयहरूले नेपालसँगको बढ्दो दुरीका क्रममा चीनको उच्च भ्रमणलाई प्राथमिकताका साथ हेरेका छन् । नेपालमा चीनको लगानीमात्र नभएर नेपाली सेनामा पनि चिनियाँ रक्षा निकायको सद्भावलाई सशंकित भावले हेरेको छ । 

चीनियाँ र नेपाली सेनाको संयुक्त तालिमपछिको यो भ्रमणलाई भारतले गहन रूपमा हेरेको छ । ‘चीनसँगको सुरक्षा निकटता त्यसमा पनि सैनिक सम्बद्ध विषयले भारत त्रसित छ’, उच्च स्रोतले भन्यो,‘उसका लागि चाङको भ्रमण चट्याङजस्तो भएको छ । यसमा चिनको सुरक्षा सहयोग र साथको कुरा पनि रहेको छ ।’

विश्वका सैन्य शक्तिमा चीन पहिलो राष्ट्रका रुपमा स्थापित हुने क्रममा छ । यो क्रममा चीनको सुरक्षा सहयोगले नेपालमा भारतविरोधी भावनामा अझ बल पुग्ने आशंका भारतीय पक्षले गरेको छ । त्यतिमात्र नभई भारतको मार्ग र भारतीय सामान नेपाली सुरक्षा निकायले खरिद गर्दैै आएको छ । त्यसमा पनि नेपाली सेनाका धेरै बन्दोबस्तीका सामान र गोलीगट्ठा भारतले विक्रि गर्नेगरेको छ । चिनियाँ लगाव र सुरक्षा भ्रमणले भारतसँग हुने खरिदविक्रि नेपालले बन्द गर्नसक्ने सम्मको आँकलनले भारत तर्सिएको बुझिएको छ । 

चिनियाँ रक्षामन्त्री चाङको औपचारिक भ्रमण तालिका बनिसकेको छ । उनले विहीबारै तीन बजेदेखि आधा घण्टा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग शिष्टचार भेटवार्ता गर्ने कार्यक्रम छ । चाङ थाइ एयरबाट पौन १ बजे त्रिभुवन विमानस्थल उत्रिएपछि सोझै होटल सोल्टी प्रस्थान गर्ने छन् । सोल्टीमै लन्च गरेपछि तीन बजे आधा घण्टाका लागि प्रधानमन्त्री दाहालसँग चाङको पहिलो शिष्टचार भेटवार्ता हुनेछ ।

रक्षामन्त्री चाङको दोस्रो भेटवार्ता समकक्षी बालकृष्ण खाँडसँग पौने चारदेखि साँढे चारसम्म हुनेछ । त्यसलगत्तै चाङले नेपाली सेनाको उपत्यका पृतना निरीक्षणको लागि एक घण्टा समय खर्चने छन् । त्यसपछि चाङका लागि पौने ६ बजे नेपालका लागि चिनियाँ दूतवासले रात्रीभोज आयोजना आयोजना गरेको छ । रात्रिभोजमा सरिक भएर चाङ ८ बजे होटल सोल्टी फर्कने कार्यतालिका कायम गरिएको छ ।

१० बजे सैनिक मञ्च टुँडिखेलमा माल्यार्पण कार्यक्रममा सहभागी भएर चाङको ११ चैत्रको कार्यक्रम सुरू हुनेछ । माल्यार्पणलगत्तै उनी नेपाली सेनाको सैनिक मुख्यालय प्रस्थान गर्ने छन् । सैनिक मुख्यालयमा हुने सम्मान गारतको कार्यक्रममा सहभागी भएपछि चाङ र प्रधानसेनापति राजेन्द्र क्षेत्रीबीच साढे १० बजे ४५ मिनेटका लागि भेटवार्ता तय गरिएको छ । सोही भेटवार्ताकै बेला एकआपसमा उपहार आदानप्रदान समेत हुने कार्यक्रम छ ।

चैत्र १२ गते बिहान ९ बजेबाट चाङले बसन्तपुर दरबार दरबार क्षेत्रको अवलोकन गर्ने कार्यतालिकामा उल्लेख छ । त्यसपछि उनी पौने १२ बजे श्रीलंका प्रस्थानका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रस्थान गर्नेछन् । चीनको केन्द्रीय सैन्य आयोगका सदस्य तथा स्टेट काउन्सिलका सदस्य समेत रहेका चाङको राष्ट्रपति सी जिनपिङसँग पनि निकट सम्बन्ध रहेको छ । 

चाङ प्रधानमन्त्री दाहाल सरकारको कार्यकालमा नेपाल आउने सबैभन्दा उच्च चिनियाँ अधिकारी हुन् । १० गते चाङसँगको भेटवार्ता पछि ११ गते प्रम दाहाल चीन प्रस्थान गर्ने कार्यक्रम बनेको प्रधानमन्त्रीको निजिसचिवालयका एक सदस्यले जानकारी दिए ।

Post a Comment

0 Comments